
इरान र इजराइलमा एउटा शक्तिशाली स्पाइवेर भाइरस आक्रमण गरेको एक रुसी सुरक्षा फर्मले जनाएको छ। उक्त भाइरससँग तथ्याङ्क चोरी गर्ने अभूतपूर्व क्षमता भएको उक्त फर्मले जनाएको छ। इरानले उक्त भाइरसका कारण कुनै पनि किसिमको ठूलो नोक्सानको कुरा बताएको छैन। तर इरानको संचारको एउटा इकाइ र तथा सूचना प्रविधि मन्त्रालयले आफूहरूले एउटा एन्टी भाइरस तयार पारेको जुन ‘.फ्लेम’ नाम दिइएको उक्त भाइरसलाई पत्ता लगाएर हटाउन सक्ने क्षमताको भएको बताएको छ। फ्लेम नामको उक्त भाइरसले अगस्त २०१० देखि काम गरिरहेको रुसी सुरक्षा कम्पनीका कास्पेरुस्काइ ल्याबले जनाएका छन्। यो कुनै सरकारद्वारा प्रायोजित हमला हुन सक्ने बताउदै उनले तर यस पछाडी को रहेको भन्ने पत्ता लागी नसकेको बताए