काभ्रे–पाँचखाल नगरपालिकाको समन्वय तथा उज्यालो नेपालको सहयोगमा पाँचखालका विद्यालयहरुले प्रविधिमैत्री सामाग्री प्राप्त गरेको छ ।
बिहीबार एक कार्यक्रमका बिच पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले विद्यालयका प्रधानाध्यापकहरुलाई प्रविधिमैत्री सामग्री हस्तान्तरण गर्नुभएको हो ।

प्रधानाध्यापकहरुलाई प्रविधिमैत्री सामग्रील्यापटप,टिभी,प्रोजेक्टर,प्रिन्टर तथा कक्षा कोठा व्यवस्थापनका सामाग्री वितरण भएको थियो ।

कार्यक्रममा नगरप्रमुख खरेलले नयाँ टेक्नोलाजीले शैक्षिक गुणस्तर उकास्न सहयोग पुग्ने भएर नगरले प्रविधीमैत्री शिक्षामा जोड दिईएको बताउनुभयो । प्रविधिमैत्री सँगै विद्यालयमा कक्षा कोठा व्यबस्थापनमा लाग्न विद्यालयका पधानाध्यापकहरुलाई अनुरोध समेत गर्नुभयो ।

उज्यालो नेपालका अध्यक्ष प्रभाकर महर्जनले प्राप्त सामाग्रीको सदुपयोग गर्न अनुरोध गर्नुभयो । नगरका प्रवक्ता एवं उज्यालो नेपालका उपाध्यक्ष संजय तामाङले विद्यालयहरुलाई आवश्यकताको आधारमा कोहिलाई टिभी,कोहिलाई प्रिन्टर,कोहिलाई ल्यापटप,कोहिलाई प्रोजेक्टर,कोहिलाई कक्षाकोठा व्यवस्थापनमा सहयोग गरेको जानकारी दिनुभयो । उहाँका अनुसार ८ लाख ६० हजार बराबरको सामाग्री वितरण गरिएको हो ।

१६ वटा विद्यालयलाई प्रविधिमैत्री सामग्री हस्तान्तरण भएको कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी,शिक्षा शाखा प्रमुख उदय कोइराला,विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको सहभागिता रहेको नगरका प्रेस संयोजक कपिल कोइरालाले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस !