‘नवनिर्वाचित हाम्रो टिमलाई सधैं यहाँहरुको यस्तै सहयोग,मार्गदर्शन प्राप्त हुने बिश्वास लिएको छु ।’

काभ्रे-एमाले निकट प्रेस वर्करहरुको साझा संस्था इम्प्रेसन नेपालको काभ्रे शाखा औपचारिक रूपमा गठन गरिएको छ ।

एमाले काभ्रेका अध्यक्ष अशोक व्याञ्जु श्रेष्ठको प्रमुख आतिथ्यतामा मंगलबार बनेपामा आयोजित भेलामार्फत विकास तिमल्सिनाको अध्यक्षतामा आइसिटी, मिडिया र प्रेस प्रोफेसनल्स युनियन नेपाल (इम्प्रेसन नेपाल) काभ्रे शाखा गठन गरिएको हो ।

साताअघि अध्यक्ष र सचिव तोकिएकोमा सरोकारवालाहरुको भेलामार्फत मंगलबार यसले समितिको आकार लिएको हो ।

सर्वसम्मत रुपमा चयन गरिएको जिल्ला शाखाको उपाध्यक्षमा प्रदीप भण्डारी,सचीवमा मणिराम दाहाल,सह-सचिवमा सुदीप तिमल्सिना,गिता पुर्कुटी र काेषाध्यक्षमाौ अनिष पोखरेलले जिम्मेवारी पाउनुभएको छ ।

सदस्यहरुमा मालती कँवर,सविना तिवारी,शुशिलराज गिरि,कपिल दनुवार,बालकृष्ण बजगाइ चयन हुनुभएको छ ।

नव निर्वाचित अध्यक्ष तिमल्सिनाले इम्प्रेसन नेपाल काभ्रे प्रेस तथा सूचना प्रविधि मजदुरहरुको पेशागत हितका साथै आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउन विशेष भुमिकामा उत्रिने बताउनुभयो ।

संस्थालाई थप विस्तार गर्दै अघि बढ्ने उहाँको प्रतिबद्धता छ । यसमा सहयोगको अपेक्षा गर्नुभयो । अध्यक्ष तिमल्सिनाले भन्नुभयो-‘नवनिर्वाचित हाम्रो टिमलाई सधैं यहाँहरुको यस्तै सहयोग,मार्गदर्शन प्राप्त हुने बिश्वास लिएको छु ।’

कार्यक्रममा प्रमुख अतिथि एमाले काभ्रेका अध्यक्ष व्याञ्जुका साथै अतिथिका रुपमा सहभागी इम्प्रेसन नेपालका संघीय अध्यक्ष महेन्द्रलाल श्रेष्ठ,ट्रेड युनियन महासंघ जिफन्ट्का केन्द्रिय उपाध्यक्ष जितेन्द्र श्रेष्ठ,पत्रकार महासंघ,प्रेस चौतारी, नेकपा एमाले काभ्रेका प्रतिनिधिले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !