साइप्रस‐नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति साइप्रसको १० औँ वार्षिकोत्सव तथा पाँचौ अधिवेशन निकोसियास्थित भण्डारी रेस्टुरेन्टमा नोभेम्बर १ (आइतबार) सम्पन्न भएको छ ।
प्रदिप ग्लानको अध्यक्षता र एनआरएनए साइप्रसका अध्यक्ष दाता नन्द पाण्डेको प्रमुख आतिथ्यतामा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको हो ।
साइप्रसमा रहेका तामाङ समुदायलाई संगठित गर्दै सांस्कृतिक पुर्नजागरणका साथै आपतविपतमा साथ सहयोग गर्दै आएको घेदुङ प्रवास कार्यसमिति साइप्रसको यस अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले नानीमाया मोक्तान तामाङको अध्यक्षतामा वरिष्ठ उपाध्यक्षमा डिल्ली योञ्जन तामाङ, उपाध्यक्षमा माया तामाङ, महासचिवमा अजय राज मोक्तान तामाङ, सचिवमा सरोज लामा तामाङ, कोषाध्यक्षमा सुस्मिना दोङ तामाङ र फुलमाया तामाङलाई सहकोषाध्यक्षको जिम्मेवारी प्रदान गरेको हो ।
घेदुङ प्रवास कार्यसमिति साइप्रसको नव निर्वाचित सदस्यहरूमा विशाल योञ्जन तामाङ, पेम्बा छिरिङ लामा तामाङ, अरुणा तामाङ, मुना मोक्तान तामाङ, उमा दोङ तामाङ, बिन्दा कुमारी तामाङ, गंगा माया तामाङ, अजित तामाङ, अरुण दोङ तामाङ, विकास थोकर तामाङ, बसन्ती बोम्जन तामाङ र मुन्नि माया तामाङ रहनुभएको छ ।
अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि एनआरएनए साइप्रसका अध्यक्ष दाता नन्द पाण्डेले प्रवासी तामाङ दाजुभाइ दिदीबहिनीहरुमा देखिएको एकता भावको महत्त्व निकै रहेको बताउनुभयो ।
आईपरेका समस्या समाधानका साथै समुदायको परिवर्तनमा घेदुङ साइप्रसको भुमिका देखिएको उहाँको भनाइ थियो । यहाँका प्रवासी तामाङ समुदायको सुखदुःखमा आफूहरु पनि साथमा रहने उहाँले बताउनुभयो ।

नव निर्वाचित अध्यक्ष मोक्तानले आफू नेतृत्वको कार्यसमितिले साइप्रसमा रहेका तामाङ समुदायलाई संगठित गर्दै संस्थाको उद्देश्य र अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिवद्धता जनाउनुभयो ।
घेदुङ प्रवास कार्यसमिति साइप्रसले पााँचौ अधिवेशन सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिका उपाध्यक्ष तथा प्रवास समन्वय प्रमुख रुपबहादुर योञ्जन तामाङले खुसी व्यक्त गर्नुभयो ।
आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित मोक्तानसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुहुदै योञ्जनले संस्थाको आगामी कार्यकाल सफल, उपलब्धिमूलक र प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका संस्थापक महासचिव माया लोप्चनको सञ्चालनमा उत्साहप्रद रुपमा भएको अधिवेशनमा विभिन्न संघ संस्थाका प्रतिनिधि एवम् अतिथिहरुले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।















