काठमाडौं, २४ जेठ । आज शुक्र सूर्यगमन देखिएको छ । विज्ञहरुले यसलाई खगोलीय इतिहासमै रोमाञ्चक घटना भएको बताएका छन् । नेपालमा बिहान ५ बजेर ८ मिनेटमा सुरु भएको शुक्र सूर्य गमन ५ घन्टा २८ मिनेटसम्म देखिने छ । गमन सूर्य र पृथ्वीको बीचमा शुक्र ग्रह परेपछि देखिने दृष्य हो । यसअघि ८ वर्ष पहिला देखिएको दृष्य अव १ सय ५ वर्षपछि मात्र देखिने खगोल विदहरुले बताएका छन् । पृथ्वीबाट हेर्दा शुक्र सूर्यमा सानो कालो टिका हिडिरहेको जस्तो देखिन्छ । तर यसलाई नाङगो आँखाले हेर्दा आँखा बिग्रने डर हुने भएकाले टोलिस्कोप तथा विशेष चस्माबाट मात्रै हेर्नुपर्ने विशेषज्ञहरुको भनाइ छ । गमनका कारण विश्वमा विभिन्न देशहरुमा विपत्ति आउन सक्ने ज्योतिषीहरुको अड्कल भएपनि वैज्ञानिकहरुले भने त्यस्तो केही पनि नहुने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !