तिहार नजिकिँदै गर्दा नेपालमा सुनचाँदीको माग बढेको छ। लक्ष्मी पूजाको दिन घरमा सुन-चाँदीको सामग्री भित्र्याउनु पर्छ भन्ने मान्यताका साथ धेरै नेपालीले तिहारको समयमा सुनचाँदी खरिद गर्ने गरेका छन्। त्यसैले पनि सुनचाँदीको माग बढेको हो।
यद्यपि सुनचाँदीको मूल्य भने केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार तीन सय रुपैयाँ कायम भएको छ भने मंगलबार ५६ हजार ५ सयमा कारोबार भएको थियो। मंगलबारको तुलनामा सुनको मुल्य दुई सयले घटेको हो। चाँदीको मूल्य पनि घटेर प्रतितोला ७७० मा बिक्री भइरहेको छ भने हिजो चाँदीको मूल्य ७७५ रुपैयाँ रहेको थियो।
महासंघका अध्यक्ष मणिरत्न शाक्यका अनुसार तिहारको समयमा सुनको माग सामान्यभन्दा दोब्बरले बढ्ने गरेको छ। सामान्य समयमा दिनको २५ केजीको हाराहारीमा माग रहेको शाक्यले बताए। चाँदीको माग पनि सामान्य समयमा दिनको ४५० केजी चाँदीको माग हुने गरेको भए पनि तिहारको समयमा सुनको माग बढेको उनले बताए।