तेमाल–काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिका वडा नं. ३ स्थित कुँडूवाल कृषि सहकारी संस्था लि.को १४ औं वार्षिक साधारण सभा शनिबार आफ्नै स्वमित्वकोे भवन कुँडूवालमा सम्पन्न भएको छ ।
सभाका प्रमुख अतिथि मेजर धनलाल तामाङले कृषि क्षेत्रको विकासका लागि आधुनिक कृषि प्रविधि र प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले परम्परागत रैथाने बालिलाई समेत संरक्षण गरी क्रमशः आधुनिकिकरण गर्दै व्यवसायिक बनाउदै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नेपर्ने धारणा व्यक्त गर्नुभयो ।
संस्थाको अध्यक्ष नरबहादुर तामाङको सभापत्विमा भएको सभामा विशेष अतिथि, अतिथिहरुले संस्था संस्थागत रुपमा अघि बढ्नुका साथै सदस्यहरुको आर्थिक गतिविधिमा सहजीकरण गर्दै स्थानीयस्तरमा कृषि उत्पादन तथा आयआर्जनका गतिविधिलाई प्रवद्र्धन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
उक्त अवसरमा संस्थाका अध्यक्ष, सचिव र कोषाध्यक्षमार्फत संस्थाको वर्तमान अवस्था, आर्थिक गतिविधि तथा आगामी कार्ययोजना बारे जानकारी समेत गराईएको थियो ।
साधारण सभाबाट आगामी कार्यकालका लागि जगतमान तामाङको अध्यक्षतामा नयाँ संचालक समिति समेत चयन गरिएको छ । जस अन्तर्गत उपाध्यक्षमा मसिनी तामाङ, सचिवमा परमानन्द बम्जन, उपसचिवमा डिल्लीमान तामाङ, कोषाध्यक्षमा माया तामाङ र सदस्यहरुमा क्रमशः इन्द्रमाया तामाङ, ओकबहादुर तामाङ, जेम्स तामाङ र आशालाल तामाङले जिम्मेवारी प्राप्त गर्नुभएको छ ।














