irina-shakमानिसको जीवनमा भाग्य कहिले उदाउँछ, कसैलाई थाहा हुँदैन । मानिसहरुलाई धर्तीबाट आकाश र आकाशबाट धर्तीमा ल्याउन भाग्यको खेल मानिन्छ । तर यसका साथै मानिसहरुले कर्म पनि गर्न आवश्यक छ । किनभने जीवनमा सफलता पाउनाका लागि मानिसले कर्म त गर्नु नै पर्छ । सुपरमोडल इरिना शायकसँगै यस्तै भएको छ ।

इरिना शायकले कुनैबेला आफूलाई प्रतिदिन एक डलरभन्दा पनि कम तलब पाउने गरेको खुलासा गरेकी छिन् । वेबसाइट ‘फिमेलफस्र्ट डट को डट युके’ का अनुसार इरिना (२९)को बाल्यवस्था सुखद नभएको र उनले यो स्थान हाँसिल गर्नका लागि निकै संघर्ष गर्नुपरेको थियो । आज इरिनाले अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएकी छिन् तर उनको भनाई अनुसार जब उनको परिवार रुसमा बस्दथ्यो तब उनको परिवारको अवस्था निकै दयनीय थियो । त्यति बेला उनको परिवारलाई खानको समेत समस्या भएको उनले बताइन् ।

इरिनाले ‘हेलो’ पत्रिकालाई दिएको अन्तर्वार्तामा उनको बाल्यकालको कहालीलाग्दो समयको बयान गरिन् । उनी भन्छिन्, ‘मलाई खेतमा आलू र गोलभेडा  टिप्ने काम गर्नुपर्दथ्यो किनभनजे हाम्रो सानो गाउँमा  पैसा कमाउने यहि एउटा माध्यम थियो । ’

‘गर्मीको समयमा मलाई ३० दिनसम्म स्थानीय अस्पतालमा रङ लगाउने काम पनि गरें । यसका लागि मलाई २० डलर दिइएको थियो ।’ उनी भन्छिन्, ‘उनीहरुले मलाई जति दिए त्यसले आफ्नो आवश्यकता पूरा गर्नु कम सुखदायी हुँदैनथ्यो ।’
यसका साथै उनले आफ्नो मोडलिङको सुरुवाती अवस्थामा आफूले भोगेको समस्याको बारेमा पनि बताएकी छिन् । उनी भन्छिन्, ‘मोडलिङको सुरुवातको क्षण सम्झदाँ मलाई पेरिसको एक घटनाको सधैं याद आउने गर्दछ । ’

‘मसँग पैसा नभएकाले कति दिनसम्म त केही पनि खाइनँ । मेरो लागि त्यो क्षण निकै नै महत्वपूर्ण मोड थियो । यति हुँदा हुँदै पनि मैले हार मानिनँ । केही नगरि घर फर्कन नसक्ने भएका कारण मैले यसको लागि धेरै मेहनत गरेँ ।’

प्रतिक्रिया दिनुहोस !