काठमाडौं-यस पटक साउन २४ गते परेको विश्व आदिवासी दिवस तामाङ बोन्बोहरुले पनि आन्दोलनकै रुपमा मनाउने तयारी गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदको मुल संयोजनमा नेपालका सबै आदिवासी जनजातिहरुलाई समेटेर काठमाडौंको टुंडिखेलमा विशाल औपचारीक समारोह गर्दैछ ।

समारोहपूर्व विशाल सांस्कृतिक र्याली निकालिने भएको छ । उक्त र्याली तथा सभा सभ्य, भव्य र सफल बनाउन तामाङ समुदायका बोन्बोहरु पनि जुट्ने भएका हुन् ।

काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका, रसुवा लगायत तामाङहरुको गाउँ गाउँदेखि शहरसम्मका बोन्बोहरु आ‐आफ्नो सांस्कृतिक झाँकी, बाजागाजासहित उत्रिने भएको नेपाल तामाङ बोन्बो घेदुङका संघीय उपाध्यक्ष एवं बागमती संयोजक बिकेश स्याङबा तामाङले बताउनुभयो ।

सरकारले नेपालका आदिवासी जनजातिहरुको बलिदानीपूर्ण संघर्ष आन्दोलनको जगमा बनेको बुद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति, आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान जस्ता महत्वपूर्ण अंगलाई कोमामा पुर्याउँदै खारेजी गर्न लगेको आरोप लगाउँदै आदिवासी जनजातिहरु रुष्ट छन् ।

यो सन्दर्भमा नेपालका आदिवासी जनजातिहरु सरकारप्रति सशंकित छन् । आफ्नो हकअधिकार र पहिचानका लागि खबरदारी गर्दै यो पटकको विश्वआदिवासी दिवस मनाउने तयारीमा आफूहरु पनि सशक्त रुपमा जुटेको बोन्बोहरु बताउँछन् ।

भिडियोसहित

https://www.facebook.com/share/v/1F4hsjKvSd/

प्रतिक्रिया दिनुहोस !