काठमाडौं—नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट आगामी ४ वर्षका लागि सभापति पदमा भारी मतान्तरका साथ गगनकुमार थापा निर्वाचित हुनुभएको छ ।

शुक्रबार साँझ मतदान सकिए लगत्तै सभापति पदको मत गणना गर्दा ६ हजार ५८४ मत ल्याएर थापा सभापतिमा निर्वाचित हुनुभएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । सभापति पदका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले भने ३७५ मत मात्र पाउनुभएको छ ।

कांग्रेको १४ औं महाधिवेशनबाट महामन्त्री भएका थापा र विश्वप्रकाश शर्माको अगुवाईमा गत वर्ष पुस २७–३१ मा विशेष महाधिवेशन गर्दै सभापति हुनुभएका थापा पुनः सभापतिमा विजयी हुनुभएको हो ।

कांग्रेसको १५ औं महाधिवेशनमा ७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि रहेकामा ७ हजार ३९ जनाले मतदान गरेका थिए । ५४ मत बदर भएको निर्वाचन समितिले जनएको छ ।

काठमाडौंको राष्ट्रिय सभागहृमा शनिबार विहान सभापति पदको मतगणना सम्पन्न भएको र सोही स्थानमा अन्य पदाधिकारी तथा केन्द्रिय सदस्यको मतगणना थालिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !