नेपाली राजदुतावासले यहि आउदो जून १० तारिख द. कोरियाको दक्षिण भेगमा रहेका नेपालीहरु लाई लक्षित गरि आफ्नो घुम्ती शिबिर संचालन गर्ने भएको छ । एन आर एन क्षेत्रिय कार्य समितिले संचालन गर्न गई रहेको माईग्रेंनट भलिवल प्रतियोगीताको अवसर पारि किम्हेमा संचालन हुने उक्त घुम्ती शिबिरबाट यस भेगका सम्पूर्ण नेपालहरुले नेपाली दुतावास वाट प्रदान गरिने (पासपोर्ट नविकरण, सवारि चालक अनुमति पत्र प्रमाणित एबम नेपाली दुतावास संग सम्बन्धित अन्य कार्यहरु ) सम्पुर्ण सेवा प्राप्त गर्न सकिने दुतावासका उप नियोग प्रमुख श्री राजाराम र्बतौलाले जानकारी दिएका छन् । घुम्ती शिबिर माईग्रन्ट भलिवल प्रतियोगीता हुने स्थान एन जि पार्क मा रहने जनाउदै उक्त दिन बुसान, उल्सान ,किम्हे लगायत यस क्षेत्रका नेपालीहरुलाई उक्त सेवा बाट लाभ उठाउन सक्ने जानकारी दिनु भएको छ ।