आगामी आर्थिक बर्षको बजेट ४ सय ५० अर्व रुपैयाँ नाघ्ने भएको छ । मुल्यवृद्धि, खर्चमा बृद्धि, त्रिबर्षिय योजनामा सकिने अनुमान गरिएका योजना नसकिदा बजेटको आकार बढ्ने भएको हो । राजधानीमा हिजो आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिपेन्द्रवहादुर क्षेत्रीले यो बर्षको बजेट आर्थिक समृद्धिमा केन्द्रित हुने बताउनु भयो । यसपालिको बजेटले राष्ट्रिय प्राथमिकतामा परेका फास्ट ट्रयाक, पहाडि राजमार्ग हेटौडा काठमाण्डौ जोड्ने सुरुङमार्ग जस्ता योजनालाइ प्राथमिकता दिने छ । उपाध्यक्ष क्षेत्रीका अनुसार यसपालीको बजेट संघियता केन्द्रित नहुने तर संघियता संरचनामा भने बजेट बिनियोजन गरिने बताउनुभयो । उबगकभ सोही अवसरमा नेपाल सरकारका भुतपुर्व सचिव डाक्टर भोला चालिसे र विभिन्न राजनीतिक दलका नेताहरुले सेवा सुविधा उपभोग गर्ने प्रवृती अहिले कै जस्तो कायम भए अहिले बहसमा आएका प्रदेशहरुको राज्यको श्रोतले चालु खर्च समेत धान्न नसकिने धारणा राखेका छन् ।