कोरियाली श्रम मन्त्रालयले यसै बर्षको अन्त सम्ममा बैधानिक रुपमा काम गरिरहेका ६० हजार बैदेशिक कामदार हरुको श्रम स्वकृती समाप्त हुने जानकारी गराएको छ । अबैधानिक कामदारको संख्यामा बृद्धि हुन सक्ने अनुमान गरि अबैधानिक कामदार र अबैधानिक कामदार राख्ने कम्पनीहरुलाई कडाईका साथ नियन्त्रण गर्न एक सूचना जारि गरि अबैधानिक कामदार र अबैधानिक कामदार राख्ने कम्पनीहरुलाई निम्न अनुसारको कारवाही गरिने जानकारी दिएको छ ।
१ . रोजगारदाताले कानुनी रुपमा आएका कामदारहरुलाई मात्र काममा राख्न पाइने । साथै भ्रमण भिषामा आएकाहरुलाई पनि काममा राख्न सकिने ।
२. अबैधानिक कामदाहरुलाई ब्यापकरुपमा धडपकडमा कडाई गरिने ।
३. अबैधानिक कामदार कुनै पनि कम्पनीवाट धडपकडमा परेमा उक्त कम्पनीले २ करोड जरिवाना र भविश्यमा बिदेशी कामदार पनि राख्नवाट बन्चित गरिने ।
४. अबैधानिकरुपमा बसोवास गरि काम गरिरहेका बैदेशीक कामदारहरु स्वस्फुर्त आफै घर र्फकनेलाई जरीवाना शुल्क मिनाहा तथा पछि फिर्ता आउने संभ्भावना रहेको ।
५. धडपकडमा परेमा जरीवाना शुल्क दिर्नु पर्ने तथा भविश्यमा कुनै पनि किसिमवाट कोरिया प्रवेशमा रोक लगाईने छ ।