काठमाडौं  । गायक तथा संगीतकार सञ्जिव वाइवाको नयाँ ब्रेकअप गीत “निष्ठुरीला मायासे” सार्वजनिक भएको छ।

गीतको शब्द, संगीत, र आवाज वाइवाकै रहेको छ भने एरेञ्ज प्रस्थान वाइवा र मिक्सिङ दिपेश प्रधानले गरेका छन्। तामाङ चलचित्रका महानायक अमिर दोङको निर्देशनमा तयार पारिएको भिडियोमा मोडलिङ क्षेत्रमा निकै सम्भावना बोकेका  मोडल प्रयास गोले र प्रिति लामाको मुख्य अभिनय देख्न सकिन्छ ।

भिडियोको छायांकन र कलर कृष्ण ब्लोनले गरेका छन् भने सम्पादन महानायक अमिर दोङले नै गरेका छन्। प्रेममा आएको विछोडका भावनाहरूलाई मार्मिक रुपमा प्रस्तुत गरिएको उक्त गीतले दर्शकको मन छुने निर्माण पक्षको अपेक्षा छ ।

मिस्टर तामाङ २०२४ प्रतियोगितामा मिस्टर पब्लिक च्वाइस र मिस्टर पपुलर अवार्ड विजेता प्रयास गोलेको अभिनयले भिडियोमा थप आकर्षण थपेको छ। यस्तै, अतिथि कलाकारको रूपमा महानायक अमिर दोङ र तामाङ चलचित्रका चर्चित हास्य कलाकार कुइसाङ रुम्बाको भूमिका पनि समावेश गरिएको छ।

भिडियोलाई डम्फू मिडिया अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस !