काठमाडौ—निरु ब्युटी एकेडेमी एन्ड युनिसेक्स सलोनले सोमबार विशेष समारोहका बीच काठमाडौँको चावहिलमा आफ्नो चौथो शाखा उद्घाटन गरेको छ ।
सौन्दर्य सेवा तथा व्यावसायिक सीपको क्षेत्रमा काम गर्दै आएको यो सलोनले गोपीकृष्ण हल पछाडि, रिलायन्स कलेज नजिकै आफ्नो चौथो शाखा सञ्चालनमा ल्याएको हो ।
सलोनको चौथो शाखा उद्घाटन गर्दै मम्स नेपालकी अध्यक्ष, मिस तामाङ आयोजक तथा अभिनेत्री रञ्जिता ब्लोनले सौन्दर्य व्यवसायलाई व्यावसायिक रूपमा विस्तार गर्दै लैजानु उपलब्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो,— ‘यो व्यवसाय मात्र होइन, सीप र दक्षता विकाससँग पनि जोडिएको छ ।’
अभिनेत्री चाँदनी मोक्तानले एउटा महिलाले आफ्नै सीप र लगानीमा व्यवसाय सञ्चालन गर्दै अघि बढ्नु सकारात्मक भएको बताउनुभयो । कार्यक्रममा सैलुङअनलाइन डटकमका अध्यक्ष श्यामलाल लामाले सौन्दर्य सेवा अहिले सबैका लागि आवश्यक बन्दै गएको भन्दै ग्राहकको विश्वास र सन्तुष्टिले नै व्यवसाय विस्तारमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
धादिङको मलेखुबाट २०७० मा सुरु भएको निरु ब्युटी एकेडेमीको सेवा अहिले काठमाडौँका विभिन्न स्थानमा विस्तार भएको छ । यसअघि मलेखु, सामाखुसीको टाउन प्लानिङ र स्वयम्भूस्थित एबीएस कम्प्लेक्समा तीन शाखा सञ्चालनमा थिए । चावहिल शाखा चौथो शाखाका रूपमा थपिएको हो ।
सञ्चालक निरु तामाङले विद्यालय अध्ययनकै समयदेखि सौन्दर्य क्षेत्रमा रुचि रहेको र साथीहरूको प्रेरणाबाट यस क्षेत्रमा प्रवेश गरेको बताउनुभयो । निरन्तरको मेहनत, सीप र ग्राहकको विश्वासलाई आधार बनाएर व्यवसाय विस्तार गर्दै आएको उहाँको भनाइ छ । उहाँका अनुसार सौन्दर्य सेवालाई महिलाको सीप विकास र आत्मनिर्भरतासँग जोड्ने उद्देश्यसमेत रहेको छ ।
सौन्दर्य तथा व्यावसायिक सीपको क्षेत्रमा सक्रिय निरु ब्युटी एकेडेमी एण्ड युनिसेक्स सलोनले विभिन्न अवधिका व्युटिसियन तालिम तथा आधुनिक सौन्दर्य सेवाहरू सञ्चालन गर्दै आएको छ ।
एकेडेमीले २ महिनाको बेसिक ब्युटिसियन कोर्स, ३ महिनाको एड्भान्स ब्युटिसियन कोर्स, ६ महिनाको फुल ब्युटी कोर्स तथा वैदेशिक रोजगारीलाई लक्षित २ महिनाको विशेष कोर्स सञ्चालन गरिरहेको जनाएको छ । त्यस्तै, मास्टर नेल क्लासेस र आइल्यास एक्सटेन्सन क्लासेस समेत उपलब्ध छन् ।
एकेडेमीमा छाला तथा कपालसम्बन्धी उपचार, नेल तथा आइल्यास सेवा, म्यानिक्योर–पेडिक्योर, सेमी–पर्मानेन्ट मेकअप, ट्याटु हटाउने, पर्मानेन्ट हेयर रिडक्सन, हेयर एक्सटेन्सन तथा ब्राइडल मेकअपलगायतका सेवा प्रदान गरिँदै आएको छ। साथै, ब्राइडल मेकअपसम्बन्धी व्यावसायिक तालिम र छाला तथा पार्लरसँग सम्बन्धित सम्पूर्ण सौन्दर्य सेवा तथा सीपमूलक तालिम समेत उपलब्ध रहेको एकेडेमीले जनाएको छ ।
चाडपर्वलाई लक्षित गरी सलोनका सबै शाखामा विशेष छुटको व्यवस्था गरिएको छ । दसैँ, तिहार र छठलाई लक्षित गरी सेवामा २० देखि ४० प्रतिशतसम्म छुट उपलब्ध गराइएको सञ्चालक तामाङले जानकारी दिनुभयो । ‘सौन्दर्य सेवा मात्र नभई महिलालाई सीप र आत्मनिर्भरतासँग जोड्ने उद्देश्यले संस्थालाई विस्तार गर्दै आएका छौँ,’ तामाङले भन्नुभयो । आधुनिक प्रविधि, दक्ष जनशक्ति र गुणस्तरीय सेवालाई प्राथमिकता दिएको उहाँको भनाइ छ ।
चावहिल शाखाका सञ्चालक एवं प्रधानाध्यापक चन्द्रमान तामाङले आफूले यस व्यवसायमा सीमित लगानी गरेको बताउनुभयो । पेसाले प्रधानाध्यापक रहनुभएका सञ्चालक तामाङका अनुसार व्यवसायबाट हुने आम्दानीको केही हिस्सा आफ्नो विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर टुहुरा चेपाङ बालबालिकाको सहयोगमा खर्च गर्ने उद्देश्य रहेको छ ।














