बलिउडमा विपाशा वासुलाई फेसनमा ध्यान दिने नायिकाको रुपमा चिनिन्छ । विपाशा बलिउडमा अहिले खासै सफल छैनन् । तर, फिटनेश र पहिरनको मामालामा उनले अहिलेका नयाँ नायिकालाई पनि उछिनेकी छिन् । उनै, विपाशा वासुले जिन्स पाइन्टमा आएको फेसनमा भने आपत्ती जनाएकी छिन् ।

अहिले फाटेका, च्यातिएका पाइन्टहरुलाई फेसनको रुपमा हेर्न थालिएको छ । जिन्स पाइन्ट बनाउने कम्पनीहरु पनि यूवापुस्ताको यस्तै फेसनको सौख पुरा गरिरहेका छन् ।

 

सामाजिक संजालमा एक फेसन शोमा एक मोडलले लगाएको जिन्सको पहिरन देखेपछि नायिका विपाशा वासुलाई खुबै रिस उठेछ । उनले आफ्नो इन्स्ट्राग्राममा तस्बिर शेयर गर्दै लेखेकी छिन् कि-‘फेसनमा हामीलाई जिन्सप्रति माया छ । तर, यसलाई यसरि प्रयोग नगर्न म अनुरोध गर्दछु । यो निकै पीडादायिक छ । मलाई न्यूड जिन्स मन परेन ।’

जापानले केही दिन अगाडि मात्र यस्तो जिन्स बजारमा ल्याएको थियो । यो जिन्स बजारमा आएपछि यसलाई लिएर ट्रोल पनि बनिरहेको छ । विपाशाले पनि यो जिन्स आफूलाई मन नपरेको उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस !