“हामीले बुझेका छौं कि यो कठिन परिस्थिति छ,त्यसैले हामीले यसको सदुपयोग र लुकेर बसेका कलाहरुलाई स्थान दिने भएका हौं ।”
-
सुबिन बिश्वकर्मा,
सुनसरी–टिकटक कसैको लागि समय कटाउने माध्यम बनेको छ,कतै कतै त नकारात्मक घटनानै भएका छन्,भनिन्छ अप्रत्यक्ष रुपमा यसले हाम्रा गोपनियतामाथि हमला गरिरहेको छ । तर सकारात्मक पाटो हेर्दा यसले मान्छेमा आत्मविश्वास बढाएको छ,कतिलाई कला क्षेत्रको पहिलो प्लेटफर्मनै बनेको छ ।
यिनै सन्दर्भमा यसको सकारात्मक पाटोको जगमा उभिएर प्रदेश नम्बर १ स्थित सुनसरीको बराहक्षेत्रमा अहिलेसम्मकै ठूलो धनराशी पुरस्कार भएको ‘सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता २०७७’ हुने भएको छ ।
आयोजक सदाबहार मिडिया प्रालिले जनाएअनुसार उक्त प्रतियोगिता यहि भदौ १३ गतेदेखी कार्तिक २८ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगिताको पहिलो चरण अन्तर्गत भाद्र १३ गतेदेखी २८ गतेसम्म आवेदनको रुपमा सहभागीले सदाबहार मिडियाको अफिसियल पेजमा आफ्नो टिकटक भिडियो लिंक पठाउनेछन भने त्यसमध्ये भ्युजको आधारमा उत्कृष्ट १०० सहभागीलाई दोस्रो चरणमा प्रवेश गराइने कार्यक्रम संयोजक देब भट्टराईले बताउनुभयो ।
अश्लीलता भएको भिडियो अमान्य हुने, कुनै जात, धर्म, पेशा, समुदाय र राष्ट्रियतामा आच आउने खालको भिडियो भएमा मान्य नहुने
असोज १९ गते दोस्रो चरणमा उत्कृष्ट २० जनाको भिडियोमा आएको भ्युजको आधारमा छनोट गरिनेछ । क्रमशः ५ औं चरणसम्म भोटिङको आधारमा उत्कृष्ट १५, १०,५, ३ र फाइनल क्रमशः असोज २७, कार्तिक ६, कार्तिक १४, कार्तिक २१ र कार्तिक २८ गते बिजेता घोषणा गरिने उहाँले जानकारी दिनुभयो ।
सहभागीले अर्को चरणमा प्रवेश गरेपछि प्रत्येक नयाँ चरणमा नयाँ भिडियो पठाउनुपर्ने र अश्लीलता भएको भिडियो अमान्य हुने, कुनै जात, धर्म, पेशा, समुदाय र राष्ट्रियतामा आच आउने खालको भिडियो भएमा मान्य नहुने व्यवस्थापक रमेश यादबले स्पष्ट पार्नुभयो ।
तीन लाख पुरस्कार !
अहिलेसम्मकै ठूलो धनराशी पुरस्कार भनिएको सो प्रतियोगितामा प्रथम हुनेले सप्रमाणपत्र नगद रु. १ लाख ५० हजार, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रु. १ लाख र ५० हजार र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक संयोजक भरत खड्काले बताउनुभयो ।
प्रतियोगिताको प्रथम दृतीय र तृतीयको गरि जम्मा नगद पुरस्कार राशी रु ३ लाखको हुनेछ । आर्थिक संयोजक खड्काका अनुसार यो प्रतियोगिता व्यापार गर्ने उदेश्यले गरिएको भन्दा पनि फुर्सदको सदुपयोगका लागि गरिएको हो ।
यसअघि बराहक्षेत्रलाई मात्र लक्षित गर्दै प्रथम बराहक्षेत्र टिकटक प्रतियोगिता गरिसकेको सदाबहार मिडिया प्रालिले यसपटक ‘भिडभाड रहित दशैं मनाऔ, सामाजिक दुरी कायम गर्दै टिकटकमा रमाऔं’ भन्ने नाराका साथ राष्ट्रव्यापी रुपमा संचालन गर्न लागेको जनाएको छ ।
नेपालमा स्थायी बसोबास गरि हाल बिश्वका जुनसुकै ठाउँमा भएकाले पनि यस प्रतियोगितामा सहभागी हुन पाउने सदाबहार मिडिया प्रालिका अध्यक्ष भवानी धिमालले बताउनुभयो । उहाँले भन्नुभयो–“हामीले बुझेका छौं कि यो कठिन परिस्थिति छ,त्यसैले हामीले यसको सदुपयोग र लुकेर बसेका कलाहरुलाई स्थान दिने भएका हौं ।”
कसरी सहभागि हुने ?
१.प्रतियोगितामा भाग लिन सहभागीले रु. १०० प्रवेश शुल्क स्वरुप आयोजकले तोकेको खल्ती एप, आई.एम.इ पे मार्फत बुझाउनुपर्ने छ ।
२.प्रतियोगिताको विशेषः प्रतियोगीले आवेदन शुल्क तिरेको रसिद, नाम, ठेगना, सम्पर्क नम्बर सदाबहारको फेसबुक पेजमा इन्बक्स गर्नुपर्नेछ ।
३.१५ सेकेन्ड भन्दा माथीको नेपाली भाषाको भिडियो हुनुपर्नेछ ।
४.सहभागीले आफ्नै अभिनयको भिडियो पठाउनुपर्नेछ ।
सहभागीले सर्त पालना नगरेमा भिडियो रद्द गरिने तर आवेदन शुल्क फिर्ता नहुने प्रतियोगिताका प्रबक्ता किरण चौलागाईंले जनाउनुभयो ।