
सेम्ह्रो फूलमान मोक्तान :
सिन्धुपाल्चोक–गायक आस्मान लोप्चनको सेलो ‘लेकमा जाँदा’ को म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । ल्होछारको छेकोमा बजार तताउने खालको डान्सिङ गित क्लिक नेपाल युट्युब च्यानल मार्फत सार्वजानिक गरिएको हो,जसलाई बुद्ध लामाले निर्देशन गर्नुभएको छ । शब्द संगित तथा स्वर समेत लोप्चनकै रहेको छ ।
गितको भिडियोमा दुई युवक लेकको तामाङ गाउँमा घुम्न जाँदा एउटी तामाङ युवतीलाई देखेपछी दुई साथिहरुले गरेको बातचितका पलहरुलाई देखाईको छ । भिडियोमा स्वयम् लोप्चन र सन्चारकर्मी प्रीतम तामाङ र ममता मोक्तानको अभिनय छ ।
गायक लोप्चनको गएको वर्ष खान्दोके सेलो ‘बल्लपो तामाङको हुल उठेउ’ रिलिज भएको थियो । यसपछिको यो गितलाई फेरि अर्को आशालाग्दो सिर्जनाको रुपमा अपेक्षा गरिएको निर्माण टोलिले जनाएको छ । सेलो गित संगितमा आफ्नो एउटा छुट्टै पहिचान बनाउनुभएका सिन्धुपाल्चोके सेलो गायक लोप्चनको अहिले सम्म ५ वटा गित बजारमा आईसकेको छ ।