नमोबुद्ध  संवाददाता

धुलिखेल—पछिल्ला समय चर्चा कमाउदै गरेका नायक सागर घिसिङ सेलो म्युजिक भिडियो “मायाको रङ्ग”का साथ देखिनुभएको छ ।

“ए विना” तामाङ आधुनिक गीतको म्युजिक भिडियोबाट प्रशंसा पाएर डिजिटल मिडियामा छाएका घिसिङ हालै प्रदर्शनमा आएको “घ्रान” तामाङ चलचित्रबाट सफल नायकको चिनारी बनाउदै हुनुहुन्छ ।

यहि वखत घिसिङ सिन्धुपाल्चोक हेलम्बुकी अनुस्का दोङसँगै भिडियो “मायाको रङ्ग” मार्फत पनि दर्शकमाझ आउनुभएको हो । सहजै क्यामेरा फेस गर्न सिपालु घिसिङ हालसालै रंगकर्मको क्षेत्रमा आगमन भएकी दोङलाई साथमा लिएर सार्वजनिक हुनुभएको हो ।

अन्ततगत्व भिडियोको कथामा नायक घिसिङ र मोडल दोङ एकअर्काबाट टाढिनुपर्ने देखाईएपनि दर्शकले यि दुईको केमेष्ट्री खोजेका छन् । दर्शकलाई यस्तो अनुभति गराउन अजय स्याङतानको कोरियोग्राफीले पनि निकै काम गरेको देखिन्छ ।

प्राविधिक दृष्टिले फरक ढाँचामा बनाएको “मायाको रङ्ग”मा मायाको रङ्ग नउडेसम्मको अवधिमा यि दुईमा छल्किएका केमेष्ट्री दर्शकले रुचाउन थालेको प्रतिक्रिया आईरहेका छन् । यसकारण पनि यो भिडियोले चर्चा पाउने विश्वास गरिन्छ ।

विश्वनाथ तामाङको शब्दमा संगीत र गायनकला पनि त्यत्तिकै उर्जाशिल लाग्छ । गीत संगीतमा खारिदै गएका विशाल काल्तानलाई गायिकीमा बिना लोप्चनको नयाँ आवाजको साथ छ ।

यस भिडियोलाई बुढासुब्बा डिजिटल म्युजिक प्रालिको युट्युब च्यानलमार्फत जिग्मे मिडिया प्रोडक्सनले प्रश्तुत गरेको हो । उक्त युट्युब च्यानलमा देखिएको केहि प्राविधिक कारणले हाल भिअर्स पछि परेकोमा सामाजिक सञ्जाल फेसबुकमै स्टाटस लेखी चासो जनाएका नायक तथा मोडल घिसिङले त्यो समस्या हल भएपछि दर्शकको वास्तविक माया छर्लङ्ग हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !