-
नमोबुद्ध संवाददाता
हालै जाजरकोटका नवराज विकको हत्यासँगै यतिबेला आम मानिसमा आक्रोश पनि पैदा भएको छ । आफ्नी प्रेमिकासँग बिहे गर्न रुकुम पुगेका उनको हत्या गरियो । ढुंगाले हिर्काएरै उनको हत्या गरिएपछि यसको सर्वत्र विरोध मात्र भएको छैन, प्रश्न पनि उब्जिएको छ । सबैभन्दा ठूलो रुपमा जातलाई लिएको छ । प्रेममा ज्यान गुमाएका नवराजले ज्यान गुमाउनु पर्नुको कारण जात रहेको सर्वत्र भनिरहेका छन् ।
यसै घटनालाई लिएर गायक प्रकाश सपुतले यो जुनीमा आफू मान्छे मानिन्छु कि मानिन्न भन्दै सरकारसँग प्रश्न गर्नु भएको छ । उहाँ आफ्नो सामाजिक संजाल फेसबुकमा मार्मिक श्रद्धान्जली संगै सरकारलाई यस्तो भन्नुभएको छ ।
“सरकार !खुकुरी उदाएर निस्किएकै हो !जान्छु देशको सिमानामा र थापिन्छु !कि काट्छु कि काटिन्छु भनेर !तर रुकुम पुगेर रोकिए !सरकार !त्यहा त झन कत्रो ठुलो पर्खाल रैछ नि ?जातिए विभेदको !वर्गिय विभेदको !
सिमाना भित्रैका यि पर्खालहरु भत्काउदा भत्काउदैदेशको सिमानामा पुग्न ढिलो भए भनेम राष्ट्रवादी मानिन्छुकि मानिन्न सरकार ?देशभक्त मानिन्छु कि मानिन्न ?सरकार !उत्तर दिईहाल्नु भयो भनेयसको उत्तर पनि दिनु होला ।म एक स्वाभिमानी नेपालीयो जुनिमा “मान्छे” मानिन्छु कि मानिन्न ?
( नवराज तिमी संगै हाम्रो आत्मसम्मानको पनि मृत्यु भएको छ ।हार्दिक श्रद्धांजलि दलित भएकै कारण ! प्रेम गरेकै कारण मर्नु पर्ने नियति देशकै लागि लज्जास्पद छ ! सारै दुखद छ । “कुरी (कुरी समाज, कुरी कुरी कानुन !”