एन आर एन क्षेत्रिय समिति बुउल्ख्याङले गर्ने भनिएको माईग्रन्ट भलिबल प्रतियोगिता  आउदो  जुन १० तारिख किम्हे एन जि पार्कमा (होम प्लस पछाडि) गर्ने भएको छ । गत महिना हल उपलब्ध हुन नसकेको कारण देखाई स्थगन गरियको उक्त माईग्रन्ट भलिबल प्रतियोगिता संगै यो पटक  प्रभात फेरी कार्यक्रम पनि गर्ने जनाएको छ ।  प्रतियोगितालाई व्यवस्थित गर्नका समितिले सचिब आन्नद कोइराला मार्फत टिम दर्ता गर्न अनुरोध गरेको छ । प्रतियोगिता को समापन पश्चात YMCA हलमा विशेष खानाको व्यवस्था पनि गरिएको समितिले जानकारी दिएको छ ।
कार्यक्रम विवरण :-
टिम दर्ता मिति :- २०१२ मे २७ सम्म
टिम दर्ता सम्र्पक :-
आन्नद कोइराला :- ०१०२४१५३१०८
टाई सिट तथा नावावली प्रकाशन :- २०१२ जुन ३
कार्यक्रम :- २०१२ जुन १०
समय :- विहान ८ बजे
स्थान :- किम्हे एन जि पार्क

प्रतिक्रिया दिनुहोस !