दक्षिण कोरियामा आउदो सुक्रबार देखि हुने विश्वविद्यालय च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली तेक्वान्दो टोली  सोल आइपुगेको छ  । एक प्रशिक्षक र चार खेलाडी सहितको टोलीले  दक्षिण कोरियाको पोचेनाममा आउदो  २५ तारिख देखि ३१ तारिख सम्म हुने उक्त प्रतियोगितामा  सहभागिता जनाउने  छ  । प्रतियोगितामा महिलातर्फ हेम कुमारी चौलागाँई र आयशा शाक्य तथा पुरषतर्फ पुष्प थापा र अनिश महर्जनले सहभागिता जनाउने छन् । टोलीको नेतृत्व मुख्य प्रशिक्षक दिपक बिष्टले गरेका छन् ।  प्रतियोगिता आउदो  २५ तारिखबाट शुरु भई  ३१ तारिख सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस !