‘व्यावसायीकहरूको एकता,  नेपाल र नेपालीहरूको सफलता’  भन्ने नारासाथ आउँदो   मे २७ तारिख आईतबार नेपाल-कोरिया व्यापार संघले गर्न लागिएको  एभरेस्ट सांस्कृतिक साँझका लागि नायिका सुषमा कार्की , विल्सन विक्रम राई,  ‘तक्मेबूढा’,  नायक तथा पप गायक बाबु बोगटी गायक प्रजापति पराजुली र लोक गायिका कृष्णकुमारी गुरुङ  लगायतका कलाकार आउने भएका छन ।  सोल सङबुकमा रहेको महिला सामुदायिक हलमा हुने कार्यक्रममा दर्शक हरुले नायिका सुषमा कार्कीको  ‘लूट’  फिल्मको  चर्चित  गीत  ‘उध्रेको चोली छ है’   गीतका साथै अन्य गीतहरुमा आकर्शक  नृत्य हेर्न पाउने  छन ।  दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्न  आधुनिक, पपदेखि नेपाली लोक दोहोरीसम्म सबै विधाका कलाकारलाई  समेट्न  खोजिएको  उक्त कार्यक्रम बाट भएको मुनाफा कोरियामा पीडित नेपालीको सहयोगमा जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !