“सकिन्द्र लिम्बु बचाउ अभियान”
आदरणीय कोरियारहनुभएका नेपाली दाजु भाई दिदीबैनि हरु,
थेह्रथुम जिल्ला सुङनाम गा.वि.स. घर भएका सकिन्द्र लिम्बु विगत चार महिना देखी प्राणघात रोग ल्युकेमीया(रगतमा खराबी)हुने रोगवाट ग्रसित भई केही उपचार भए पनि खर्च तथा वोन म्यारोको अभावमा हाल सेल्टरमा दयनिय जिबन बिताई रहेका छन् । नेपाल आमाको सन्तान तपाई हाम्रो दाजु भाई सकिन्द्र जिवनमा केही गरौं भनेर कोरिया काम गर्न आएको एक बर्ष पनि नभई आफ्नो जिवन रक्षा गर्न नसक्ने अबस्थामा पुगेका छन् । उनको जिवन रक्षाको लागि नेपाली राजदुतावासको सहयोग र सहमतीमा किम्हे नेपाली समाज वोन म्यारो दान गर्न इच्छुक दाताहरुलाई बोन म्यारो दान गर्न अपिल गर्दछ । बोनम्यारो दान गर्नु हुने करिब एकलाख कोरियनहरु संग पनि उहाँको बोनम्यारो नमिलेको र बोन म्यारो आफ्नो आफन्तमा मिल्ने बढी संम्भावना भएकोले हामीले नेपाली राजदुतावास कोरियाको सहयोगमा मलेसियामा रहनु भएका उनको दाजुलाई यहां झिकाई रगत परिक्षण गरिसकेको तर नमिलेकोले उपचारमा थप जटिल्ता भएको छ ।
निज सकिन्द्र लिम्बु, लिम्बु जातिमा थङवाहाङ थर भएको र उनको मावली खुरुङवाङ थर भएकोले लिम्बु जातिको थङवाहाङ र खुरुङवाङ नेपाली र उनको आफन्त वा यस कोरियामा रहनु भएका उक्त जातिवाट बोन म्यारो मिल्ने संभावना बढी भएकोले परिक्षणगरि उहाँलाई नयाँ जिवन दिन तपाई ईच्छुक महानुभाबहरु संग हार्दिक अनुरोध गरिन्छ । अस्पतालको भनाई अनुसार बोन म्यारो दान गर्दा कुनै पनि हानि नोक्सानी हदैन ।
आदरणिय कोरिया नेपालि दाजु भाई दिदी बैनिहरु एक जवान नेपाली परदेशमा आएर एक प्राणघातक रोगवाट( ल्युकेमीया) ग्रसित भएका छन् जुन रोगको उपचार नेपालमा संभब छैन तर यहाँ बोनम्येरो भए उस्ले फेरि उठेर आफनो मारतोल र झम्पल आफै चलउन सक्ने भएकोले यहाँको जिवन रक्षाको लागि “बोन म्यारो वाट ग्रसित सकिन्द्रलाई बोन म्यारो दान गरि उनको जिबन रक्ष गरौं“ तपाई एकजनाको सानो सहयोगले सुन्दर समाजको रुपरेखा कोरीनेछ , आठ बर्षको उमेर मा टुहुरो भएको साहुको घरमा बसेर आफनी आमाको बुडेस्काल को साहारा सकिन्द्रलाई कसरी हामिले भनै कि तिमी अब दिन गन भनेर , उहाँको जिवन रक्षाको लागि आबश्यक पर्ने बोनम्येर र आर्थिक सहयोग को लागि किम्हे नेपालि समाज यहाँ हरुमा हार्दिक अपिल गर्दछ र सहयोग गरिरहनु भएका एन.आर.एन लगायत का संथा हरुलाई पनि तपाई हरुको अन्तराष्ट्रय नेटवर्क लाई प्रयोग गरि दिनुहुन अनुरोध गर्दछौ । उक्त जातिका नभएपनि कहिले काहि अन्य जातिमा पनि मिलेका उदाहरणहरु भएकाले जसले पनि यो परिक्षण गराएर बोनम्यारो दान दिन सकिने जानकारि गराउन चहान्छौ ।
परिक्षण गराउन इच्छु दाताले सम्र्पक गर्न हुन अनुरोध गरिन्छ ।
सम्र्पक -:
पास्टर -: यज्ञराज सुबेदी ०५५-३३४ -७९४०
किम्हे माईग्रेन्ट मिसन र्चच
के.पि.सिटौला ०१०-४७६७-५२४८
अध्यक्ष एन आर एन द.कोरिया
नेपाली राजदुतावास ०२ -३७८९- ९७७१
पुनश्च -: बोन म्यारो आफन्त बाहेक अन्यवाट मिलेर उपचार भएको तथ्याङ्क भएकोले इच्छुक दाताले परिक्षणको लागि सम्र्पक गर्नु होला ।