दक्षिण कोरियाको सत्तारुढ दल साएनुरी पार्टीले संसदीय निर्वाचनमा १ सय ५२ सिटमा विजयी भई बहुमत हासिल गरेको छ। ३ सय सिट रहेको संसदमा साएनुरीले १ सय ५२ सिटमा विजय प्राप्त गरेको निर्वाचन आयोगले जानकारी गराएको हो।

हिजो भएको निर्वाचनमा विपक्षी पार्टी डेमोक्रेटिक युनाइटेडले भने १ सय २७ सिट प्राप्त गरेको छ। मत परिणाम पश्चात राष्ट्रपति लि म्युङ ब्याकले नागरिकहरुले बुद्धिमानीपूर्वक मत हालेको बताएका छन्।

उनले आगामी सरकारले अन्तर्राष्ट्रिय समुदायसंगको सम्बन्ध विस्तारमा उल्लेखनीय भूमिका खेल्ने बताएका छन्। संसदीय निर्वाचनलाई आगामी डिसेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको लागि महत्वपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस !