काठमाडौं। मुलुककै ठूलो भनिएको फिल्म हल क्यूएफएक्स सिनेमाजले राजश्व छली गरेकोे समाचार सार्वजनिक भएको छ। २०६९ बैशाख १५ गते शुक्रबारको डेटमा कुमारी–१ मा फिल्म हेर्न पुगेका दर्शक प्रदिप भट्टले काटेको दुई टिकट मध्ये एउटामा कुनै पनि रकम खुलाईएको छैन भने अर्कोमा भ्याट सहितको रकम खुलाईएको छ।
काटिएको एक टिकटमा अंग्रेजी फिल्म टाईटानिकको थ्रीडी भर्सजन हेर्नका लागि कुमारी १ मा चलचित्र विकास बोर्डको १५ प्रतिशत विकास शुल्क र १३ प्रतिशत भ्याट सहित रु।३४०। तिरिएको छ भने अर्कोमा कुनै पनि रकम उल्लेख गरिएको छैन। यसरी हेर्दा प्रस्ट के बुझिन्छ भने क्यूएफएक्सले राजश्व छली गरिरहेको छ।
यसबारेमा बुझ्दा चलचित्र विकास बोर्डका सदस्य निरहरी काफ्लेले यस कार्यलाई अबैधानिक भने– ुक्यूएफएक्स सिनेमाजको यो कार्य राजश्व छली भएकोले विकास बोर्डले छानबिन गरेर कारवाही गर्नेु सदस्य काफ्लेले बताए। उनले भने, ुुकर छली राज्यको ठूलो अपराध हो र यस्तो अपराध हुन नदिन हामी छानबिन गरेर कारवाहीको प्रक्रियामा जानेछौं।ुु यस्तै यो अपराधमा राजस्व अनुसन्धान विभागले पनि छानबिन गरेर कारवाही गर्नुपर्ने काफ्लेको भनाई छ।
काफ्लेले फिल्म द्दज्ञद्देत्रमा फिल्मको समुचित विकास चाहने र अनियमितता र गलत कार्यलाई निरन्तरता दिने गरी दुई समूह रहेको बताउँदै उनले भने, ुु नेपाली फिल्मको विकास भएको हेर्न चाहने ९८ प्रतिशत छन् तर ती आर्थिक रुपमा कमजोर छन् र २ प्रतिशत नेपाली फिल्म द्दज्ञद्देत्रलाई धरासायी बनाउने छन् जो आर्थिक रुपमा सबल पनि छन्।ुु काफ्ले त्यस्ता व्यक्तिहरूलाई निज्ञडज्ञत्साहित पार्नुपर्ने समेत बताउँछन्। यस्तै दर्शक प्रदिप भट्टले भनेका छन् मैले ुुतिरेको ट्याक्स खैरु यो मिस्टेक हो कि नियतबस गरिएको होरु प्रश्न क्यूएफएक्सलाई।