• नमोबुद्ध संवाददाता

काठमाडौं :  बुद्ध शान्ति फाउन्डेसनले सात जनालाई बुद्ध शान्ति बिमला रेग्मी समाजसेवा पुरस्कार २०७४’ बाट सम्मानित गरेको छ । फाउण्डेशनले मेरुदण्डमा चोट लागेका पाच जना प्रतिभाशाली कलाकार तथा खेलाडी र दुई जना काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालका बरिष्ठ परिचारिकाहरुलाई ७० हजार रुपैयासहित सम्मान गरेको हो ।

सम्मानित हुनेमा लेखिका एवं नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघकी अध्यक्ष गायत्री दाहाल, थाङका कलाकार ङवाङ् छिरि शेर्पा, खेलाडी तथा पौडीबाजद्वय सोनिका ढकाल र लक्ष्मी कुवर, राष्ट्रिय कीर्तिमान कायम गर्ने ≈वीलचियर धावक रामबहादुर तामाङ, काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालका बरिष्ठ परिचारिकाद्वय रुक्मनी सन्द्याङ र विष्णु सिंह धर्ती रहेका छन् । कार्यक्रममा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघका ३० जना वीलचियर खेलाडीहरुलाई ‘बुद्ध शान्ति सम्मान २०७४’ प्रदान गरेको छ । अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कोण्डन्य महास्तविरले सम्मानपत्र र पुरस्कार हस्तान्तरण गरे ।

त्यस्तै संघले ‘स्पाइनल इन्जुरी पछिको जीवन’ शीर्षकमा अन्तक्रिया समेत गरेको थियो । बुद्धको शान्ति प्रतिको अनुरागलाई सिर्जनास“ग जोडेर भाषा सहित्य, ललितकला, संगीत, ज्ञान विज्ञानको विविध सिर्जनात्मक विधाहरुको विकास, सम्बर्धन र प्रवर्धन गर्न पुरस्कारको स्थापना गरेको फाउन्डेशनकी अध्यक्ष साहित्यकार एवं चित्रकार सन्ध्या रेग्मीले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस !