अभिनेता ब्रैड पिटले अभिनेत्री मर्लिन मुनरोको जिवनमा आधारित फिल्म निर्माण गर्नलाई स्वीकृति दिएका छन् । मर्लिन पुरानो जमानाको ख्याती प्राप्त अभिनेत्री हुन उनले आफ्नो समयमा निकै ख्याती कमाएकी थिइन् । लामो समय देखी निर्माण पक्ष यसको स्वीकृतिको र्पखाइमा थियो । कांटेक्टम्यूजिक डट कम वेबसाईटका अनुसार नाओमी वाट्स मर्लिनको भुमिकामा देखिने छिन् । यस फिल्मलाई एंड्यू डोमिनिकले निर्देशन गर्ने भएका छन् जो यस अघिको द एसेसिनेशन अफ जेसी जेम्समा ब्रैड पिट संग काम गरि सकेका छन् । अभिनेत्री मर्लिनको जिवनमा आधारित यस फिल्मलाई पिटको आफ्नो फिल्म निर्माण कम्पनी प्लान बी मार्फत निमार्ण गर्न लागेका हुन् ।