भारतीय मूलकी क्यानेडाली पोर्नस्टार देखि बलिउडमा नायिका बन्न पुगेकी सनी लिओनको बलिउड आगमन संगसंगै उनीसँग हलिउडको शैली पनि प्रवेश गरेको छ। त्यसको उदाहरणका रूपमा उनले हाल अभिनय गरिरहेको फिल्म जिस्म २ मा लगाएको भित्री वस्त्रको अनलाइन लिलामी बन्न पुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो चलन हलिउडमा थेरोन, कायरा नाइटलीलगायतका सेलीब्रेटीले अपनाउँदै आएका छन्।
महेश भट्टको निर्माणमा उनकी नायिका पुत्री पूजा भट्टले निर्देशन गरिरहेको जिस्म २ मा फिल्ममा सनीले लगाएको सम्पूर्ण पहिरन लिलाम गर्ने प्रक्रिया शुरु गरिएको हो। ‘फिल्ममा सनीसहित सम्पूर्ण पात्रले लगाएको कस्ट्युम लिलामी गर्न लागेको हुँ,’ पूजाले सञ्चारमाध्यमसँग भनेकी छन्– ‘सनी, रणदीप हुड्डा र अरूणोदय सिंहको सबै लुगा लिलामीमा बिक्री गर्ने तयारी गरिरहेको छु।’ यो फिल्मको सुटिङ श्रीलंकामा भइरहेको छ। यो लिलामीको खबरबाट बलिउडकर्मी अचम्मित बन्न पुगेका छन्। आगामी जुलाईमा फिल्मको रिलिजको तयारी गरिरहेकी पूजाले फिल्म रिलिजअघि नै सम्पूर्ण पहिरन बेच्न लागेकी हुन्।

प्रतिक्रिया दिनुहोस !