नेपाली युवा शेष घले यस वर्ष अस्ट्रेलियाको १ सय ७६  औं धनी व्यक्ति बनेका छन् । उनको सम्पत्ति २ सय ५५ मिलियन अस्टे्रलियन डलरसहित धनी व्यक्तिमा पुनः दर्ज भएका छन् । सन् २०१२ को मे अंकमा ‘बीआरडब्लू रिर्च पत्रिकाले निकालेको सर्वक्षणमा घले यो स्थानमा आएका हुन् ।

गत वर्ष घले कुल २ सय ३७ मिलियन अस्टे्रलियन डलरका साथ १ सय ६४ औं स्थानमा रहेका थिए । घलेको सम्पति यस वर्ष गत वर्षभन्दा ३२ मिलियन डलरले बढी रहेको छ । अस्ट्रेलियाको मेलबर्नमा मेलबर्नइन्सिटच्युट अफ टेक्नोलोजी सञ्चालन गरिरहेका घले यसबाहेक रियल स्टेट व्यवसायमा पनि सफल मानिन्छन् ।
सूचना प्रविधि र व्यवस्थापन लगायतका विषय पढाइ हुने यहाँ ३ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत रहेका छन् । १६ वर्ष अघि विद्यार्थीका रुपमा अस्टे्रलिया आएका घले छोटो समयमा नै परिश्रम र मेहनतका कारण सफल व्यक्ति बनेका छन् ।

बिजनेस विषय लिएर स्नातकोत्तर गरेका घलेले शुरुका समयमा सामान्य विद्यार्थी सहर नै दुःख गरेका थिए । २०१४ सालमा लमजुङ जिल्लाको नाङ घानपोखराम जन्मिएका उनले राजधानीमा पुल्चोकबाट इन्जिनियरिङ प्रमाणपत्र गरेका थिए भने, छात्रवृतिमा तत्कालिन सोभियत संघ अन्तर्गत रहेको युक्रेनबाट सिभिल इ

प्रतिक्रिया दिनुहोस !