फोटो सेयर एप्लिकेसन इन्स्टाग्राम एक बिलियन अमेरिकी डलर सम्म तिरेर किन्न तयार भएको फेसबुकले अन्तत त्यसैसँग मिल्दोजुल्दो आफ्नै क्यामेरा एप्लिकेसन सार्वजनिक गरेको छ । फेसबुकले पुँजीबजार प्रवेश गरे लगतै सार्वजनिक गरिएको यो आइफोन एप्लिकेसन एप्पलको अनलाइन एप स्टोरमा उपलब्ध अन्य एप्लिकेसनजस्तै सजिलै डाउनलोड गर्न सकिन्छ । फेसबुक क्यामेरा प्रयोगकर्ता हरुले एकै पटक धेरै तस्बिर सेयर गर्न सक्ने कम्पनीका उत्पादन प्रवन्धक डिर्क स्टुपले बताएका छन् ।
फेसबुकले गुगलको एन्ड्रोइड सिस्टम प्रयोग भएका फोनका लागि नयाँ भर्सन ल्याउने नल्याउने बारमा भने प्रस्ट नबताएको भएपनि एन्ड्रोइड सिस्टममा पनि फेसबुकको नौलो अनुभवका लागि गृहकार्य भैरहेको जनाएको छ ।