स्पेनका फर्बाड डेभिड भिल्लाले युरो कप फुटबल २०१२ गुमाउने भएका छन् । स्पेनका प्रशिक्षकले युरो कपका लागि भिल्ला फिट भइनसकेको बताएका छन् ।
बार्सिलोनाका फर्बाड समेत रहेका भिल्ला क्लब विश्वकपको खेलका क्रममा खुट्टा भाँच्चिएपछि मैदानमा छैनन् । भिल्लाले आफु छिट्टै स्पेन र बार्सिलोनाका लागि खेल्न तयार हुने बताएका छन् । बार्सिलोनाका व्यवसायिक फुटबल खेल्दै आएका कार्लास पुयोलले पनि चोटका कारण युरोपक पुगाउने भएका छन् भने बुस्केट अन्तिम टोलीमा परेका छन् ।
भिल्लाले स्पेनका लागि ८२ खेलमा ५१ गोल गरेका छन् । युरो कपको छनोट चरणको सबै खेल जितेको स्पेन यतिवेला भने खेलाडीहरुको चोटको मारमा परेको
