काठमाडौं‐बोस्निया तथा हर्जगोभिनाविरुद्ध २‐० को जित हासिल गरेसँगै अमेरिका जारी फिफा विश्वकपको अन्तिम १६ अर्थात प्रिक्वाटर्डफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको सान फ्रान्सिस्को बेएरिया रंगशालामा भएको खेलमा अमेरिकाले पहिलो हाफमा १ र दोस्रो हाफमा अर्काे गोल गरेर जित हात पार्यो ।

अमेरिका जारी विश्वकपको सहआयोजक राष्ट्रसमेत रहेको अमेरिकाले खेलको ४५औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता बनाएको थियो । अमेरिकाका फोलारिन बालोगुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ८२औँ मिनेटमा मलिक टिलम्यानले गोल गर्दै अमेरिकालाई २‐० को जित दिलाएका हुन् ।

United States goalkeeper Matt Freese (24) makes a save during the World Cup round of 32 soccer match between the United States and Bosnia in Santa Clara, Calif., near San Francisco, Wednesday, July 1, 2026. (AP Photo/Martin Meissner)

अमेरिकालाई पहिलो अग्रता दिलाएका बालोगुन ६४ मिनेटमा रातो कार्ड खाँदै बाहिरिएका थिए । १० जना खेलाडीमा सीमित अमेरिकाले बोस्नियालाई पराजित गर्दै इतिहास अन्तिम १६ मा प्रवेश गरेर इतिहास रचेको छ ।

यसअघि अमेरिका अस्ट्रेलिया र पाराग्वेलाई पराजित गर्दै ९६ वर्षपछि नकआउट चरणमा प्रवेश गरेको थियो ।

समूह चरणको खेलमा अमेरिकाले अस्ट्रेलियालाई २–० पाराग्वेलाई ४–१ गोलअन्तरले पराजित गरेको थियो ।

नेपाल खबर

प्रतिक्रिया दिनुहोस !