– जया राई

क्रिसमसको छुट्टी छ । पसलमा जताततै सेल–सेल लेखेर ग्राहकलाई झुक्याउने भन्ने या आकर्षण गर्ने चर्को नाराजस्तै रातो कागजमा सेतो अक्षरले लेखिएको आदि इत्यादि हुन्छ ।

चाडवाड जहाँ पनि त्यस्तै घचारो हुने । सपिङ्ग सेन्टर जाऊँ सामान छान्ने त्यस्तै भीड छ । छानेर बोकेको सामानको पेमेन्ट गर्र्न लामो लाइनमा बस्नु पर्दा लाग्छ सामान त्यतै कतै फालौं र निस्केर भागौं यो सेल बजारबाट ! अर्को मनले भन्छ— त्यसो गर्नु किन ? सामान चाहिएकै हो, किन्नु नै छ, चाड मनाउनु नै छ । नत्र भए पनि क्रिसमसको सेलमा नकिने अघि पछिको दाम चर्को छ, किन्न गोजीको बजेटले अलि मान्दैन क्या ! पौण्ड गह्रौ छ ।ं
म यस्तै घच्यारोहरूमा सेलका सामानहरू किन्नका लागि सानोतिनो तयारी गरिसकेको छु । तर एउटा मुख्य कुरा छुटेको छ, वास्तवमा छुटेको होइन जानी–जानी छुटाएको— त्यो हो, टर्की ।

क्रिसमसको महत्वपूर्ण परिकारहरूमध्ये रोस्टेट टर्की एक हो । तर जब मलाई टर्कीको खाइनसक्ने यामानको मासु कल्पना हुन्छ, त्यसै–त्यसै वाक्वाक्क लाग्छ । खै किन हो ! टर्कीको सम्झना हुनासाथ,गिद्धको सम्झना आउँछ, खेतमा मरेका गाईवस्तुलाई झगडा गर्दै सिनो लुछेको झलझली सम्झना आउँछ ।

हो, त्यसैले महत्वपूर्ण टर्की मेरो क्रिसमस सपिङ्ग लिस्टमा पर्दैन ।
मेरो साथी जो मलाई उसकै घरमा बिदा मनाउन बोलाउँछ । म उसलाई त्यस्तो विशेष केही छ ? सोध्छु । ऊ उत्साहित हुँदै भन्छ, अँ यसपालि ठूलो टर्की तयार पर्दैछ । क्रिसमसमा हामी मज्जाले वाइनसँग टर्की खाँदै बिदा मनाउनु पर्छ ।

म उसको भनाइ भुइँमा खस्न नपाउँदै मेरो मनको टर्की उडेर गिद्धमा परिणत भइसकेको जानकारी गराउँछु । ऊ रीसले रन्थनिन्छ ।
उसको त्यो मीठो कल्पनालाई मेरो कोरा कल्पनाले पछारी दिएकोले उसको अरु भन्नुपर्ने कुराहरू त्यतिकै रोकियो । उसले कफीको अन्तिम सीप लियो र ल त बिदा होऔं है भन्दै गालमा बिदाईको न्यानो चुम्बन दियो ।
छुट्ने बेलामा उसलाई भन्छु,“ल श्रीमान् मेन्सा, यसपालिको क्रिस्टमस तपाईको होइन, मेरोमा मानौंला । कृपया म कहाँ बक्सिङ्ग डेको दिन बिहान पाल्नुभयो भने मलाई उचित समय हुनेछ ।
उसले खुशी हुँदै मेरो निम्तालाई स्वीका¥यो र आइपुग्ने समय दियो साढे नौ बजे बिहान ।
वास्तवमा विशेष तयारी केही पनि छैन । रेड वाइनको बोत्तलहरू, स्न्याक्सको लागि स्टीम प्राउन र केही क्रिप्स र सलादहरू । बक्सिङ्ग डेको बिहान उसको फोनको घण्टीले म ब्यूझिएँ । बिहानको ठीक साढे नौ बजेको छ । म तल मूलढोका खोल्न पाइजामामै झर्छु । ऊ तर्सेभैंm भन्छ, “मिस रीना के तपाईको निद्रालाई खलबल पारिनं ?”

“मलाई माफ गर्नुहोला श्रीमान् मेन्सा, हिजो घडीमा आल्राम लगाउनै भुलेछु । तपाईको फोनको रीङ्गले मलाई ब्यूझायो । केही छैन, भित्र पाल्नुहोला ।”
उसले हातमा ल्याएको रातो गुलाफको गुच्चा मलाई टक्र्यायो र गालामा उही न्यानो चुम्बन दियो । एउटा मधुरो वाक्य हावामा बिस्तारै सुनियो, “आइ लभ यु ।”मलाई यो वाक्य उस्ले भनेको हो–होइन, कोही अरु नै व्यक्तिले अरु मान्छेलाई नै भनिरहेको होला र त्यो मेरो कानमा मात्रै परेको होला भन्ने भ्रम भइरह्यो । वास्तवमा त्यो वाक्य फुस्केकै हो मैले सुनेकै हो । अनि मैले उत्तर नदिएकै हो, “आइ लभ यु टु ।”

तर यो सामिप्यता किन ?

ऊ जाडोले लगलग कामिरहेको छ । उसको टोपी र कुममा अड्किएको हिउँ अभैm उसमाथि नै छ । उसले कोठामा पुगेर कोट खोलेर स्ट्यान्टमा राख्दै गर्दा मैले उसको आँखा पढें । बासनाले युक्त छन् ।

म बाथरुममा पसेर रातीको कपडा उतारे फर्किए । ऊ झ्यालबाट हिउँ बर्सेको अनुपम दृश्य हेरेर मन्त्रमुग्ध थियो ।

पछाडिको मेरो कोठा, जहाँबाट करेसाबारीको डिलमा भएको धुपी, चेरीको बूढो बोट र चीस् नटको बोट जिङग्रिङ उभिएको छ । बीचमा गोरेटो बाटो,बाटो पारी विशाल सार्वजनिक खुल्ला खेल्ने चौर ।

हिमपात,त्यो कक्रिएको हाँगामा अझिल्दै मानो भरेभैंm चुलिँदै जान्छ र फ्यास्स झर्छ । झ्यालको सानो खापोमा पनि अडिदै जाँदै–पग्लदै जान्छ । फुस–फुस पर्दा–पर्दा बाक्लै हिऊँ जम्छ । चेरीको बोटमा बसेको जोडी ढ्कुर जीउमा थुप्रिएको हिउँलाई पटक–पटक पखेटा हल्लाउँदै झार्छन् ।

ऊ त्यो वातावरणले एकतमासले मातेको छ । म उसलाई रेड वाइन अगाडि राखिदिन्छु । ऊ मेरो कपसँग नजिकै ल्याएर चेयर्स गर्दै ढक्काउँछ ।
हामी दुवै एकैपटक रेड वाइनको पहिलो सीप लिन्छौं । ऊ ‘इम्म …. लभ्ली ! इट्स नाइस !’ भन्दै मलाई त्यही वासनायुक्त आँखाले हेरिरहन्छ ।

ऊ प्राउनको पारखी–स्टीम प्राउनलाई टाउको भाँच्दै बोक्रा छोडाउँदै पुच्छरमा समातेर सोयासस्मा चोब्दै खान्छ ।

रेड वाइनको बोतलहरू रित्तिदै जान्छ । स्न्याक थपिंदै रित्तिदै जान्छ । हामीमा गफको मात्रा पनि थपिँदै अगाडि बढ्दै जान्छ । ऊ मज्जाले मातिसकेको छ ।
मलाई थाहा भइसक्यो,ऊ धाराप्रवाहमा बोलिरहेछ, “मैले जीवनमा दुःखका धेरै कुराहरू देखोको छु, भोगेको छु ।”

म झन् उसको कुरालाई चाख मान्दै सोध्छु, “श्रीमान् मेन्सा कस्तो–कस्तो हँ ?”

ऊ आँखा छोपेर भन्छ, “म कल्पना नै गर्न सक्दिनं जुन घटना मेरै आँखाले देखेको हो त !”

“त्यस्ता घटना के हुन् त श्रीमान् मेन्सा ?”

ऊ भन्न थाल्छ, “म करिब सात वर्षको थिएँ, त्यो बेला गाउँमा स्कूल नजिक थिएन । मलाई र मेरी दिदीलाई स्कूल नजिक पर्ने सानीमाको घरमा राखिएको थियो । बिहान स्कूल गयो, स्कूलबाट फर्के पछिको हाम्रो काम हुन्थ्यो एक माईल टाढाको खोलामा गएर पानी ल्याउने । हाम्रो यो काम दैनिक हुन्थ्यो । एक दिन दिदी,म हाम्रो बाबाको साथीको छोरा,मेरै दौंतेरी साथीसँग खोलामा पानी भर्न गयौं । दिदी र मैले पानी भरिसक्यौं तर साथी अभैm बगरका ढुंगासँग खेल्दै छ ।

हामी उसलाई भन्छौं “छिटो गर, रात पर्न आँटिसक्यो ।”

ऊ बल्ल भाँडोमा पानी भर्न थाल्यो । पानी भर्दै थियो, दिदी र म वर बगरमा खेल्दै गर्दा चर्को आवाजले तर्सियौं । त्यहाँ साथी थिएन । ऊ त गोहीको पुच्छरको लपटाले पानीमा पछारी सकेको थियो । उसको रगत खोलाको पानीमा रातै बग्न थाल्यो । हामी दुई दिदीभाइ रुंदै कराउँदै सहायता माग्न थाल्यौं । खोलाको आवाज बाहेक अर्को कसैको उपस्थिति थिएन ।

खोलाभित्र पसेर हाम्रो साथीलाई गोहीको मुखबाट खोसी ल्याउने दैव नै रहेन । हामी एक माइल टाढाको बस्तीमा फर्कियौं र त्यो दुःखद समाचार सुनायौं ।
मेरो साथीको बाबा सहयोगीसँग खोलामा गएर गोहीसँग बदला लिन थाल्यो । हराएको छोरा खोज्न गोहीको भुँडी चिर्न थाल्यो । उसले एउटा ककुरलाई घाँटीमा बाँधेर खोलाको किनारामा झुन्ड्यायो । त्यो झुन्डिएको ककुर खान आउने गोहीलाई उसले बन्दुकले हान्दै मार्दै भुँडी चिर्दै उसको छोराको अवशेष खोज्यो । एकपछि अर्को गर्दै चारवटा गोही मारियो । तर कुनै गोहीको भुँडीमा अवशेष फेला परेन । त्यो बेला खोलामा पानी होइन, रगतै बगेको थियो । मेरो साथीको बाबाले छोराको बद्ला गोही मारेर अन्त्यमा सन्तुष्ट पायो क्यार ! ज्यानको बदला ज्यान ।”

यो घटना सुनाइसकेर एक प्याक वाइन स्वाट्टै पिउँछ । उसमा सेता दाँत कालो अफ्रिकन छालामा टल्ल टल्केको छ । म पनि ऊसँगै फेरि स्वाट्ट पिउँछु र अर्को बोतल फोरेर उसलाई र आपूmलाई खनाउँछु ।
म उसलाई फेरि सोध्छु, “श्रीमान् मेन्सा, त्यो घटना त्यस्तै दुःखलाग्दो र डरलाग्दो लाग्यो । के अरु पनि त्यस्तै घटना कतै स्मृतिमा बाँकी छन् कि ?”
ऊ भन्छ, “धेरै छन् । तर एउटा मात्रै अबचाहिं बताउँछु ।”
“ल, कृपया भन्नुहोला ।” म उसको र मेरो गिलासमा फेरि रेड वाइन थप्दै भन्दैछु ।

ऊ भन्छ, “मेरो प्राइमरी स्कूल सकिएर म टाढा सेकेन्डरी स्कूलमा जान थालिसकेको थिएँ । त्यो सहरको स्कूल थियो । मेरो,बाबाले उनले चिनेका मानिसकहाँ बस्ने बन्दोबस्त मिलाइदिनु भएको थियो । त्यो मानिसको त्यो एरियाको सबैभन्दा ठूलो औषधी पसल थियो । म, मेरो स्कूलबाट उब्रेको समय त्यही औषधी पसलमा उनको सहयोगीको रूपमा काम पनि गर्थें ।
मेरो मालिक शिकारको अति नै सौखिन । अरु बेला जस्तै एक बेलुका ऊ, म र उस्को साथी शिकार खेल्न निस्कियौं ।

उनीहरू दुवैको हातमा बन्दुक छ र टाउकोमा हेडलाइट । मसँग न त बन्दुक छ न त हेड लाइट । हिंड्दाहिंड्दै जब जङ्गल पुगियो— मेरो मालिक र म पश्चिम लाग्यौं भने अर्को साथी पूर्व । म मालिकको पछिपछि हिंड्दैछु । मालिकको बन्दुकबाट निस्किएको गोलीले एउटा शिकार ढलिसकेको छ । हामी दुवैजना पैलाउँदै पुग्यौं । तरुणो हरिण ढलेछ । उसले फुस्रो आँखा पल्टाएको छ तर जीउ तातै छ । जमिन रगतले भिज्दैछ ।
हरिणको टाउको उठाउन मालिक निहुरिएको छ । म उठेकै छु । सुइँया आएको गोलीले मालिकको टाउको छेडेर गयो र भुइँमा भ¥याक्क लड्यो र भुइँमा लडबडी गर्दै उफ्रन लाग्यो । उसको टाउकाको हेडलाइट त्यो उफ्रने क्रममा उछिट्टिएर अलि पर गएर आकाशतिर फर्केर बलिरहेको छ ।
त्यो बेला मैले के ठाने, मिस रीना ! अब मेरो पालो आयो त्यसरी नै भुइँमा पसारिने ! अब म निमेष भरमै भुइँमा पसारिँदै छु । मेरो मालिक जस्तै अथवा त्यो अबोध जङ्गली पशुजस्तै । मानिसलाई आफ्नो ज्यानको कत्रो माया ! हातखुट्टा लगलग कामेको छ । मनमा त्रास छ । अहिले त्यही निमेषमा म मारिँदै छु, पछारिदै छु भन्ने लाग्दा लाग्दै पनि मैले मालिकले फालेको बन्दुक बिस्तारै जमिनमा घस्रेर ताने । अफ्रिकन जङ्गलको अँधेरी रात ! यो बेलासम्ममा मालिक भ¥याक–भ¥याक गर्न छााडिसकेको छ ।
मलाई जब उसको बन्दुक मिल्यो, ममा कताकता आँट पलायो । म अलिपर झाडीमा लुक्न गएँ घस्रिदै घस्रिदै । हिंस्रक पशुको डर त्यस्तै छ । त्यो मेरो मालिकको शीर उडाउने सिकारीको डर पनि त्यस्तै छ ।

मलाई मेरो स्वास प्रश्वासको चालले पनि त्यसै–त्यसै तर्साउँछ । कति छिटो र ठूलो आवाजमा चलेको मेरो मुटुको चाल ! मलाइ मेरो स्वास–प्रस्वास र मुटुको चालले जीउँदो नरहने परें भन्ने ठान्छु । जति कन्ट्रोल गर्न चाहन्छु त्यति बढी धड्किन्छ मुटुको चाल ।

अँधेरी रात छ । आकाशमा असंख्य ताराहरू टिलपिल टिलपिल गरिरहेछन् । मैले निशाना लगाएको ताराले ओरालो बाटो लिइसकेको छ । त्यही बेला झाडीमा स¥याक–सुरुक पदचापको अर्को आवाज आयो ।

त्यो बेला के ठानें मैले मिस् रीना, अब ढंले भुइँमा रगतको पोखरीसँगै । मेरो लास जङ्गलमा ।

म अभैm झाडीमा चल्दै गरेको सासलाई रोकेर हेरें, त्यो स¥याक–स¥याक आवाज त मेरो मालिकको लाश नजिकै आएर निरीक्षण ग¥यो । हात टाउको यताउता पल्टायो । खै किन उसले त्यो बेला बन्दुक हातबाट भुइँमा राखेको थियो ।

उसको हातको बन्दुक जब भुइँमा भएको देखें, ममा एकप्रकारको बल आयो । कहिले नभएको आँट आयो । म झाडीबाट बुरुक्क उफ्रेर एकैपटक त्यो बन्दुक समाउन पुगेँ । त्यो मान्छे यस्तरी तर्सियो कि… ।
अब मेरो दुवै हातमा शक्तिशाली बन्दुक छन् । म चिच्याएर कराउँछु, “तिमीले मेरो मालिकलाई किन मारी दियौ ? किन मारिदियौ ? किन ? किन ?? छिटो जाऊँ गाउँमा र त्यसको खबर उसका घरपरिवार र प्रहरीमा जानकारी गराउँ ।”

खै के शक्तिले हो, मेरो त्यो भनाइमा के थियो ऊ केही नबोली फर्कियो । मैले उसको हेडलाइट हातमा हल्लाउँदै परसम्म गएको झाडी छेउछाउबाट निक्कै बेर हेरिरहें ।

धेरै पछिमलाई पूर्व दिशा उज्यालो हुन लागेको आभास हुन थाल्यो । म एउटा विशाल रूखकोमुनि आड लिएर बसेको छु । हिंस्रक पशु आए अब त बन्दुकको गोलीले उडाउँला भन्ने आँट आइसकेको छ । ओंठतालु सुकेको छ । भोक प्यास भन्ने त आपतविपतमा थाहै नहुने रहेछ ।

बिस्तारै पूर्व दिशा उज्यालो भयो । बिहान भयो । म अभैm झाडीको ठूलो रुखको आडमा छु । हिंस्रक पशु त्यो सिकार र सिकारीको सिनो लुच्छन आउँदा मेरो चिरहरण गर्न बेर छैन ।

समय कस्तरी ढिलो दगुर्दो रहेछ, त्यो बेला थाहा भयो । पलपल पनि घण्टौं जस्तो लाग्ने । उडेको फट्याङ्ग्रा कीराले पनि त्यस्तै सताउने । म ठान्छु । बिहानको नौ बज्यो अब त दश पनि बज्यो । एघार बज्यो, बाह्र बज्यो ।
करिब एक बजेतिर टाढा कतै मान्छेको पदचाप र गुनगुन आवाज नजिक हुँदै आयो । उनीहरूले मेरो नाम लिएर बोलाएको सुने, “क्वामे मेन्सा ! तिमी बाहिर निस्क ! यो पुलिस अफिसरको आदेश हो । तिमीलाई हामी केही नोक्सानी पु¥याउने छैनौं ।”

म रातभरिको अनिदो, डर, त्रास र दिनभरिको भोक र तिर्खाले लखतरान थिएँ । मेरा गोडा लगलग कामेका छन् । म झाडीबाट दुवै हातमा बन्दुक बोकेर निस्केर पुलिसलाई हस्तान्तरण गर्छु । ममा भएको त्यो गरौं बोझ बिसाएर हल्का हुन्छु । पछि थाहा भयो । त्यो मार्ने व्यक्ति अरु कुनै व्यक्तिले किनेर मार्न लगाएको रहेछ ।”

म उसलाई प्रश्न सोध्छु, “किन रहेछ श्रीमान् मेन्सा ?”

“कुनै व्यक्तिलाई मेरो मालिकले सापटमा पैसा दिएको रहेछ । त्यो व्यक्तिले आफ्नो तिर्ने अवधि आएर नतिरेकोले मेरो मालिकले तिर्नका लागि ताकेता गर्न थाल्दा, तिर्नको बदला कसैलाई किनेर उसको हत्या नै गरिदिएको पोल खुल्यो । गर्ने र गराउने दुवैपछि आजीवन काराबास परे । यो बेलासम्म तिनीहरूको जेलमै मृत्यु भइसक्यो होला ।”

आप्mनो कथाको टुँगो लगाउँदै स्न्याकसँगसँगै वाइन स्वाट्ट पार्छ । म पनि ऊसँग स्वाट्ट पार्दै बोतलबाट फेरि गिलासमा खन्याउँदै बाहिरको दृश्य हेर्दैछु ।
बाहिरको खुल्ला चौर, करेसाबारीमा हिउँको स्वच्छ र कञ्चन थुप्रो लागिसकेको छ । त्यो हिमपातको आनन्द लिंदै हिंड्ने एकादुई जाडोको परवाह नगरी त्यो गोरेटोलाई नाप्दैछन् । मनमा उमङ्ग आउँछ ।

“श्रीमान्् मेन्सा के हामी त्यो हिमपातमा नुहाउन जाने कि ?”
ऊ भन्छ, “मिस् रीना ! मलाई आज यो झ्यालबाट देखिने आनन्दभन्दा अर्को आनन्द संसारमा छैन होला भैंm लाग्छ । तर मेरो भनाइले तपाईको विचारमा त घात पर्न गएन मिस रीना ?”

“होइन ! ठिकै छ । मैले तपाईको चाहना बुझेकी मात्रै हो । यस्तो जाडोमा बाहिर गएर व्यर्थमा किन दुःख पाउने ।”

“आज हाम्रो छुट्टी । बिदाको दिनमा यसरी नै बसेर, वाइन खाएर रन्केर बस्नु नै मज्जा लागेको छ मिस रीना ।”

रेडिएटरले कोठा रन्केको त छँदैछ । रित्तिएका वाइनका बोतलहरूले हामी दुवैलाई रन्काएको छ । गाला तात्तिएको छ, रात्तिएको छ ।

ऊ सोफामा छ,म पलङ्गको एका छेउमा छु । बीचमा टी–टेबुल जो हाम्रो बाउन्ड्री ! उसले र मैले सीमारेखा तोडेका छैनौं ।

ऊ घोरिएर बस्छ । म उसलाई सोध्छु, “श्रीमान् मेन्सा के सोच्दै हुनुहुन्छ ? वातावरणसँग दिक्क लागेर चुप रहनुभयो नि !”

मलाई प्रश्नमाथि प्रश्न आइरहन्छ ।

“मिस रीना म किन यहाँ छु । वास्तवमा म त मेरो देशमै रहनुपर्ने मान्छे । मैले देशलाई अगाडि बढाउने सुन्दर सपना बोकेर हिंडेको मान्छे । अहिले बिमारीलाई स्टेचरमा ठेलेर एक्सीडेन्ट एन्ड इमर्जेन्सी शाखाबाट मेडिकल असिस्टेन्ट युनिट त कहिले एक्स–रे शाखा त कहिले विभिन्न वार्डहरूमा, कहिले मुर्दाघरबाट शबहरू निकाल्दै आफन्तहरूलाई देखाइदिन नर्सहरूको सहयोगी । ऐ ! यो पनि जीवन हो र मिस रीना ?”

ऊ आप्mनो हात मुठ्ठी कस्तै टेबुलमा बिस्तारै धक्का लगाउँदै मुठ्ठी बजार्छ । म उसको त्यो स्थितिसँग तर्सिन्छु । उसलाई नियालेर हेर्छु । ऊ पीडा र वाइन दुवैले मातेको छ ।

म उसलाई झ्यालबाट घटिरहेको दृश्यतिर इंगीत गर्दै भन्छु, “श्रीमान्् मेनसा कसरी हिउँ परेको हगि अविरल !”

ऊ मेरो कुरालाई वास्तै गर्दैन ।

“मिस रिना मैले पोलिटिकल साइन्समा मास्टर्स गरेर यो उमेरमा म यी कामहरू किन गरिरहेछु थाहा छ ? म त्यहाँ रहेर ती नीचहरूको अगाडि नीच भएर रहनुभन्दा यो अन्जान ठाउँमा मलाई कसैको पर्वाह नगरी आफ्नो काम पूरा गर्नु नै उचित लाग्छ ।

जीवनको डुंगा चलाउन कति गाह्रो हगि ! यो पारिवारिक डुंगा गाह्रो, कति गरुङ्गो !”

ऊ विरक्तिन्छ ।

म फेरि रित्तिएको गिलासमा वाइन थपिदिन्छु र आफ्नोमा थप्छु ।

ऊ भन्छ, “मिस रीना, हामी गरिब–महागरिब ।”

म उसलाई प्रश्नसुचक आँखाले हेर्दै भन्छु, “किन ? कसरी ?”

“ल म भन्छु, लौ सुन्नुस् मेरा बाबाका दुई श्रीमती । जेठी श्रीमतीबाट दशवटा सन्तान, मेरी आमाबाट छवटा जम्माजम्मी सोह्रवटा सन्तान । यतिका सन्तानलाई लालनपालन गर्न कतिले पो पुग्छ । दिएर बाँडिने माया पनि बीचैमा सकिन्छ । मेरा बाबालाई यतिका सन्तान तह लगाउँदा धेरै दुःख भयो । उनी अति मेहनती थिए र आशावादी । उनको विशाल खेत, जहाँ कोको उत्पादन गर्थे । उनी कोको उत्पादन गर्ने किसानहरूमा एक नम्बरमा गनिन्थे । जब उनी सहरबाट गाउँमा जान्थे, उनको कोको फाममा कोको टिप्ने बेलामा गएका हुन्थे । जब फर्किआउँथे उनी धनी बाबा भएर, गोजी गरम भरेर फर्किन्थे ।

हाम्रो त्यतिका परिवारलाई लालन पालन र शिक्षाको व्यवस्था गर्थे । हाम्रो परिवारका सदस्यहरू, विशाल घाँसे मैदानमा चरिरहेका भेडाहरू जस्तै पैmलिँदै मौलाउँदै गएको थियो । कुनै बखत बाबालाई पछ्याउँदै हामी उनको कोको बाली भित्र्याउन गाऊँ जान्थ्यौं । खेतमा गएर कोकोको फेदमा खेल्थ्यो । कोकोको दानाहरू टिप्दाका आनन्द ! आहा ! त्यो अद्वितीय आनन्द हुन्छ ।
आजसम्म बाल्यकालको सम्झना ताजासँग सम्हाली राखेको छु मुटुभित्र । कोकोको अग्लो सुरिलो रुख,जसमा चारैतिर पैmलिएका हाँगा, हाँगामा आँख्लैपिच्छे लटरम्म झुन्डिएको कोको फल । रहरलाग्दा फल, जसलाई लामो घारोमा हँसियाको अंकुशे बाँधेर झारिन्छ । कुनै भुइँमा पछारिन्छ, रन्केका दाना छताछुल्ल भएर पोख्छ । हामी ती दानाहरूलाई बटुल्दै चुस्छौं ।

आहा ! बाल्यकाल, जसैगर्दा पनि स्वादिलो मीठो ।

बाबा कोको उत्पादनमा गाउँमा तीन महिनासम्म रहन्छन् । तीन छिमलसम्म पाक्ने कोको अनौठोसँग लटसम्मै पाक्छ, फेददेखि टुप्पोसम्म । वर्षमा दुईचोटि बाली उत्पादन गर्ने कोको खेतीमा बाबा प्राय व्यस्त हुन्थे । जब उनी गाउँबाट सहर आउँथे, त्यतिका परिवारको आवश्यकता मागलाई पूरा गर्थे । बाल्यकाल पुग अपुग ढलपल ढलपल गर्दै अगाडि बढ्दै गयो । सबै छोराछोरीका पखेटामा प्वाँख पलाउँदै कोही उड्न थाल्दै थिए, कोहीमा भने पखेटामा काइँयो पलाउँदै थियो । कोही भने भर्खर बचेरा कोरलिएका थिए ।

नोभेम्बरदेखि सुरु हुने अफ्रिकी ड्राइसिजन मार्चसम्म हुन्छ । यी दिनहरूमा जब सहारा मरुभूमिबाट तातो हावाको उत्पादन हुन्छ, पश्चिमी अफ्रिका तातो हावाको रापले रन्किन्छ । जनजीवन अस्तव्यस्त हुन्छ । यी यस्ता दिनहरूमा कसैको सानो गल्तीले सयौं बस्ती क्षणभरमा आगोको लपेटाले निलिदिन्छ ।
मिस रीना ! यस्तो दुर्भाग्य भयो । कतै लागेको सामान्य आगलागी, तातो रापको लप्कासँगै हाम्रो सयौं एकडको कोको खेती नष्ट पा¥यो । हाम्रा बाबा जस्तै कैयौं कोको उत्पादन गर्ने किसानहरू आफ्नो खेती खरानीमा परिणत भएको हेर्नु सिवाय अर्को उपाय थिएन । त्यो आगो निभाउन कुनै शक्तिशाली यन्त्रले समुन्द्रै उठाए पनि असम्भव ! यो समय सहारा मरुभूमिमा आगोको नै खेती भएको हुन्छ… ।”

मिस्टर मेन्सा विगतको पीडा ओकल्दै, सायद शीतल खोजिरहेछन् ।
रित्तिएको गिलासमा रेड वाइन फेरि भरिदिन्छु । ऊ त्यो भरिएको गिलासमा हेर्दै नहेरीे पीडा आकेली रहन्छ, “मिस् रीना ! त्यो आगोले हाम्रो सब सत्यानाश पा¥यो । हाम्रो खुशी खोसेर लग्यो । हाम्रो परिवारको उठीबास लगायो । हम्रो परिवारको उठ्दै गरेको पखेटा काटियो । स्कुल पढ्दै गरेका हामी सबै एकदामाले छोराछोरीको एकैपटक स्कुल जान बन्द गर्नुप¥यो । बल्दै गरेको चुलोको आगो निभ्यो । बिस्तारै बिस्तारै ! हाम्रो कपडाहरू आङको आङमै फाट्न थाले । नयाँ कपडाको कल्पना मात्रै हुन थाल्यो ।

गरिबीको बाढी हाम्रो परिवारमा समुद्रको शक्तिशाली छालभैंm उर्लिएर आयो । आगलागीको पीडा खप्न नसकेर बाबाबाट आत्महत्याको असफल प्रयोग भयो ।
जीवनमा धेरै सम्भावनाहरूको सपना आफ्ना सन्तानमा हेर्ने हाम्रा बाबाको आँखामा पर्दा लाग्यो,सदा–सदाको लागि । हाम्रो विशाल परिवारको हाँचलाई एउटा अँध्यारो खाल्टोमा शक्तिशाली आँधिले जबरजस्त धकेलेर फ्याल्यो ।
सुन्दर–सुन्दर सपनाहरू सुक्क–सुक्क भए । सम्भावनाहरू जताततै पहिरो गयो । त्यसपछि हाम्रो परिवारको दर्दनाक कहाली ! सुन्ने हो मिस रिना ?”
ऊ बहुलायो, जंगिएर उठ्यो । भित्तामा टाउको ठोक्काउँदै कपाल लुछ्न थाल्यो । गिलासमा भरिराखेको रेड वाइन स्वाट्ट पार्दै सोफामा फेरि थ्याच्च बस्यो ।
वातावरण जस्ताको तस्तै छ, “श्रीमान् मेन्सा… !” सहारा मरुभूमिको तातोले रन्किएको विगत, वर्तमानमा ओकल्दै जान्छ ।

झ्यालबाट देखिने दृश्य अविरल रूपमा हिऊँ परेर जताततै सेताम्मै भएको छ । करेसाबारीको धुपीको बोट भार खप्न नसकेर केही ढल्किसकेको छ । तामेढुकुरमा जोडी, अन्तै उडिसके । सायद कुनै घरको छानामुनि सुरक्षित स्थलमा होलान् । पल्लो सार्वजनिक पार्कमा जमेको हिउँको पवित्र सेतो थुप्रोमा थपिने क्रम भइरहेछ ।

म मेरो साथीलाई झ्यालपट्टि संकेत गर्दै भन्छु, “श्रीमान्् मेन्सा, यस्तो हिउँ परेर सेताम्मै भएको मैदानमा हामी केही समयको लागि निक्लौं ?”
ऊ भन्छ, “मिस् रीना, आज यो मेरो जीवनको दुःखको भारी बिसाई म हलुंगो हुन चाहान्छु । मलाई यो दुःखले थिचेको बर्षौं भयो । मलाई आज तपाईलाई भनेर मेरो मनबाट सबै दुःख निकाल्नु छ । कृपया मेरो अनुरोधलाई अन्यथा नठान्नु होला, मिस रीना ।”

म पनि ऊ जस्तै रेड वाइनले अस्तब्यस्त छु । उसको दुःखको वेदना सुन्ने धैर्यता कताकता टुटिसकेको छ । वाइनका खाली बोत्तलहरु भित्ताको कुनामा लहरै ठडिएका छन् । स्न्याक्स्का थालीहरू रितिएर एकातिर थन्किएका छन् । भरी बोतलहरू प्यालामा खनिदै रित्तिने क्षणलाई व्यग्रताका साथ पर्खिरहेछन् ।
“मैले मेरो बाल्यकालमा के–के पो गरिनं । मेरो किशोर अवस्थामा के के गरिएन ? मैले मेरो स्कुलको अध्ययन पूरा त गरें मुस्किलले तर मेरो युनिभर्सिटी अध्ययनका दूर्दिनहरू तपाईलाई भनौं ल कुनै दिन ।

हामी दिनभर एकप्रकारले रेड वाइनले नुहाइरह्यौं । बाहिरी वातावरण भने एकदमै चिसिएको छ । हिऊँ अविरल रूपमा बर्सिरहेको छ । तर हामी सेन्ट्रल हिटिङ्ग र वाइनको रन्कोले तातिरह्यौं । लमतन्न तन्किएको पलङ्गमा म लम्पसार परेकी छु । खै कति बेलादेखि हो श्रीमान् मेन्सा पनि मेरो समीपमा पल्टिरहेको पाएँ ।ऊ अस्तव्यस्त छ म जस्तै ।

म भित्र अन्तर्मनमा भयंकर सन्त्रासको आँधी चलिरहेको छ । म सुदूर भविष्यको आतंकले आतंकित छु । तर ऊ भने एउटा सन्तुष्टिको खास्टो ओढेजस्तै देखिन्छ ।

मभित्र एउटा जीवन सल्बलाएको भान् हुन्छ । म भित्र एउटा मानव बिजारोपण भएको निश्चय नै छ । नौलो असाध्यै नौलो,सुदूर पूर्वको मेरो ओरियन्टल गर्भाशयमा सुदूर पश्चिम संसारको,एउटा अफ्रिकन भ्रुणको बिजारोपण सुरुवात भएको छ ।

मैले निकट भविष्यमै श्रीमान्् मेन्सालाई यसको खबर दिंदैछु । तर संसारमा अरु जो कोही पुरुष जस्तै श्रीमान्् मेन्सा पनि त्यो खबरले अतालिनेछ र उसले त्यो भ्रुणको कारण ऊ भन्ने अस्तित्व स्वीकार्ने छैन । उसले मलाई शंकाको आँखाले हेर्नेछ र दोष सम्पूर्ण मलाई लगाउनेछ ।

ऊ जस्तै अरु नै कोही स्वार्थी पुरुषमाथि त्यो दोष थोपार्न चाहनेछ । त्यसैले त्यो आरोप प्रत्यारोपको भूमरीमा म मडारिन चाहन्न । म भित्रको मेरो अफ्रिकन भ्रुणलाई म सगर्व भन्नेछु— मेरो हो र म सिंगल मदर हुँ !
यो मेरो चाहना हो । एकाकी जिन्दगीको दह्रो साथ हो यो मेरो आवश्यकता हो र यो स्वार्थी संसारका कामुक पुरुषहरूको नालायकताको लागि चुनौती हो । जो आफ्नो अपराध अरुलाई थोपर्ने चाहन्छन् ।

म पलङ्गबाट ओर्लेर, झ्यालको त्यही रमाइलो दृश्य हेरिरहन्छु । तर श्रीमान् मान्सा उनको ओभरकोट लगाएर हिंड्न तयार भैरहे छन् ।

म झटपट उठेर तयार हुन्छु बिदाईका लागि । वाइनको रोगन जाने बेला अभैm भएको छैन । कारण बिहानदेखि यो अविरल उपयोग भएको छ ।

धरमराउँदै श्रीमान् मेन्सा तलको सिंढी ओर्लदै छन् । म उनलाई मूल ढोकासम्म बिदाई गर्न जान्छु । पछाडिको करेसाबारी जस्तै आँगन पनि हिउँले छोपेको छ ।

बिदाईको न्यानो चुम्बनसँगै बिदा भएको श्रीमान्् मेन्सा बाँकटे हाल्दै घर लागे । मचाहिं कोठामै फर्कें । टेबलमा बिहान आउँदा ल्याइदिएको क्रिसमस कार्ड खोलेर हेर्छु ।

लण्डन

साभार समकालिन साहित्य

प्रतिक्रिया दिनुहोस !