महाभारत–संघीय सरकारको निर्णय कार्यन्वयनको क्रममा गत चैत २३ देखि देशका अधिकांश स्थानीय पालिकाहरु हप्तामा शनिबार र आइतबार बन्द रहदै आएको छ । केहि पालिकाहरुले आइतबार पनि कार्यालय सञ्चालन गर्दै आएका छन् । यसै क्रममा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका पनि अब साताको ६ दिन खुला रहने भएको छ ।
गाउँ कार्यपालिकाको बैशाख २९ गते बसेको बैठकको निर्णयअनुसार जेठ १० गते आइतबारबाट लागु हुने गरी आइतबार पनि गाउँपालिका र यस अन्र्तगतका कार्यालहरु खोलेर सेवा प्रवाह गर्ने तयारी भएको हो ।
निर्णय अनुसार गाउँपालिका र पालिका अन्र्तगतका कार्यालयहरु आइतबारदेखि बिहिबारसम्म बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म यस अघिको संघीय सरकारको साविको समय अनुसार नै सञ्चालन हुने भएको छ ।
हिउँदको समय कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म, शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालयमार्फत सेवा प्रवाह गरिने सूचनामार्फत जनाईएको हो ।
गाउँपालिकाको निर्णय अनुसार अब पालिका भित्रका शैक्षिक संस्थाहरु आइतबारदेखि बिहिबारसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म, शुक्रबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछन् ।
सहज, सरल रुपमा जनतालाई सेवा प्रवाहको पहुँमा जोड्न यस खालको निर्णय कार्यन्वयनमा लैजान लागेको गाउँपालिका अध्यक्ष कान्छा लाल जिम्बाले बताउनुभयो ।
सूचना समेत














