-
शिव प्रसाद पन्त
काभ्रेपलाञ्चोक–तेमाल गाउपालिका वडा नं ८ मा रहेको स्याउरीदेवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औँ वार्षिकोत्सब सोमबार सम्पन्न भएको छ ।
वार्षिक उत्सव कार्यक्रमममा सहकारीले विगतमा गरेको कामको समिक्षात्मक चर्चा गर्नुका साथै आगामी दिन अझ शसक्त भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
१८ वर्ष अघि बैशाख २८ गतेका दिन २५ जना मिलेर स्थापना भएको यस ग्रामिण सहकारी संस्थामा हाल झण्डै ३५० जना शेयर सदस्य रहेको संस्थाका अध्यक्ष यादव त्रिपाठीले जानकारी दिनुभयो ।
बहुउद्देश्यीय प्रकृतिको सहकारी भएकोले आगामी दिनमा यस क्षेत्रमा उपयुक्त हुने उद्यमशिलता प्रवद्र्धनका क्षेत्रमा संस्थाले थप सहकार्य गर्दै जाने योजना रहेको अध्यक्ष त्रिपाठीले बताउनुभयो । सदस्य तथा स्थानीय समुदायको आर्थिक समृद्धिको पाटोमा सहकारी सारथीको रुपमा रहेको उहाँको भनाई छ ।
स्थानीय उत्पादन अभिवृद्धि, स्थानीय स्रोत, साधन, क्षमताको अधिकतम प्रयोगमा सघाउने गरी ग्रामिण उद्योग प्रवद्र्धनमा जोड दिएको अध्यक्ष त्रिपाठीले उल्लेख गर्नुभयो ।
काभ्रेको विकट भेगको रुपमा परिचित तेमाल ८ नं वडामा विगत १८ वर्षदेखी यस संस्थाले विभिन्न घरेलु तथा साना उद्योग प्रबद्र्धनका लागि सहुलियतमा ऋण लगानी, मल बितरणमा सहजिकरण, विभिन्न समयमा उन्नत विउ बितरण लगायतका कार्यहरु गर्दै आएको संस्थाका निवर्तमान अध्यक्ष यज्ञ प्रसाद पन्तले बताउनुभयो ।
सहकारीमा आवद्ध सेयर सदस्यहरुले समग्र सहकारी क्षेत्र समस्यामा रहेको खबर आएको औल्याउँदै यस्ता समस्या आफ्नो संस्थामा नआओस र अझ पारदर्शी ढङ्गले संञ्चालन गर्न आफुहरुले सहयोग र खबरदारी गर्ने बताएका छन् ।














