
काठमाडौं–साहित्यकार फूलमान वल र किशोर पहाडी सम्मानित हुनुभएको छ । जनमत वाङ्मय प्रतिष्ठानले शनिबार राजधानीमा नेपाली भाषा साहित्य र वाङ्मयमा पुर्याउनु भएको योगदान बापत वललाई जनमत ज्ञानरत्नर मङ्गलतारा राष्ट्रिय सम्मान र पहाडीलाई गणेश खिलकुमारी दुवाल जनमत सम्मानद्वारा सम्मानित गरिएको हो ।
वरिष्ठ साहित्यकार रोचक घिमिरे, प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल, राजभाई प्रधान, प्रेम श्रेष्ठ, सिद्धिबहादुर कर्माचार्य, दियेशरत्न शाक्य लगायतले वल र पहाडीलाई दोसल्ला, सम्मान पत्र, खादा र नगद अर्पण गर्नुभएको थियो ।
जनमत वाङ्मय प्रतिष्ठानले गत महिना आफ्नो ४१औँ वार्षिकोत्सव मनाउने क्रममा २० जना सर्जकलाई सम्मानित गरेको र उक्त समारोहमा विशेष कारणले छुटेका स्रष्टालाई राजधानीमा छुट्टै कार्यक्रम आयोजना गरि सम्मान गरिएको प्रतिष्ठानका सचिव सिर्जना दुवालले बताउनुभयो ।
प्रतिष्ठानले नेपाली भाषा र साहित्यको प्रबद्र्धनका लागि पुस्तकालय निर्माण, स्रष्टा सम्मानका साथ साथै ‘जनमत’ साहित्यक मासिक निरन्तर प्रकाशन गर्दै आएको र हाल ३ सय ३० ओैँ अङ्क प्रकाशन भइसकेको अध्यक्ष दुवालले बताउनुभयो ।