काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मंगलबार नेपाल सरकार मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) मर्यादाक्रम हेरफेर गर्नुभएको हो ।

मर्यादाक्रम अनुसार प्रधानमन्त्री पछि साविककै वरियतामा अर्थमन्त्री स्वर्णीम वाग्ले हुनुहुन्छ ।

सरकारमा गृहमन्त्रीको जिम्मेवारी पाएदेखि नै एक्सन ओरियट देखिएका सुधन गुरुङको वरियता तल झारिएको छ । दिनरात काममा खटिएका गुरुङलाई पाँचौ नम्बरमा पुर्याईएको छ ।

कामका कारण जनस्तरमा समेत प्रशंसा कमाएका गुरुङलाई साविकको वरियताबाट हटाईएको हो ।

यसअघि ३ नम्बरको वरियतामा रहेका गुरुङको स्थानमा यसअघि ४ नम्बरमा वरियता भएका परराष्ट्रमन्त्री शिशिर खनाललाई ल्याईएको छ ।

यसअघि ६ नम्बरको वरीयता रहेका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको अहिले ४ नम्बर कायम रहेको छ । यसपछि मात्रै सुधन गुरुङको वरियता कायम गरिएको हो

त्यस्तै अन्य मन्त्रीहरुको पनि वरियता हेरफेर गरिएको छ । यसअघि १४ नम्बरमा रहेका श्रममन्त्री दीपक साहलाई अन्तिमको वरियता दिईएको छ । यसअघि ठगीमा मुछिएर विवादमा तानिएका साहलाई पुछारमा राखिएको हो ।

कसको वरियता कति नम्बरमा ?

प्रतिक्रिया दिनुहोस !