सिरियल किसरको छवि बनाएका बलिउड अभिनेता इमरानका छिल्ला फिल्महरु हिट हुँदै गएपछि इमरान बलिउडका निर्माता निर्देशकको उत्तम रोजाइ बन्न थालेका छन् । उनको फिल्मी करिअर अहिले लगातार उकालो लागिरहेको छ ।अझ बलिउडकी नम्बर एक नायिका करीना कपूरले समेत इमरानलाई मन पराएपछि उनको भाउ निकै बढ्ने पक्का छ । अब इमरानका लागि बलिउडमा टिक्न केबल चुम्बनको दृश्य मात्र दिनु आवश्यक छैन । बलिउडकी चल्तीकी नायिका करीना कपूरले आफु इमरान हासमीसँग फिल्म खेल्न निकै इच्छुक रहेको बताएकी छिन् । करन जोहरको आगामी फिल्ममा आफ्नो हिरोको रुपमा इमरान प्रकट हुने पक्का भएपछि करीनाले आफु इमरानको हिरोइन बन्न निकै नै आतुर रहेको बताएकी हुन् ।यद्यपि उनी रियल लाइफमा सैफ अली खानको हिरोइन बन्दैछन् र आउँदो अक्टोबरमा उनीहरुबीच बिहे हुने बताइएको छ, तरपनि फिल्ममा इमरानको हिरोइन बन्ने उनको इच्छा निकै बढेर गएको बताइन्छ । आफ्नो टाइट सेड्युलका बाबजुत पनि इमरानकी हिरोइन बन्ने चाहनाले उनले करन जोहरको आसन्न फिल्ममा साइन गर्दैछिन् । इमरान प्रति करीनाको मोह पछिल्लोपटकको एक प्रसँगले पनि प्रष्टै पर्छ । इमरानको जन्मदिनको पार्टीमा सहभागी हुन करीनाले हालै आफ्नो विदेश भ्रमण समेत स्थगित गरिन् ।

प्रतिक्रिया दिनुहोस !