पछिल्लो समयमा निर्माण भएका चलचित्रहरूले सेक्सका विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरेको पाइन्छ । यसो त केही समय अगाडि प्रदर्शनमा आएको हिट चलचित्र ‘चपली हाईट’ले पनि सोही विषयलाई उठान गरेको थियो । चलचित्र हिट भएपछि नायिका विनीता बरालले निकै नै चर्चा कमाइन् ।नायिका बरालको सिको गर्दै केही नवनायिकाहरू उनकै हाराहारीमा पुग्नका लागि संघर्ष गरिरहेका छन् । सेक्सको विषय समय माग हो वा होइन प्रश्न आफैमा अनुत्तरित भइरहेका बेला हाल निर्माण भइरहेको चलचित्र ‘एटिएम’की नायिका सविना कार्कीले सेक्सको विषय समयको माग रहेको दावी गरेकी छिन् ।साथै उनले चलचित्रमा अभिनय गर्ने दुई नायिका जीया केसी र सोनिया शर्माको भूमिका निकै नै कमजोर रहेको उनको भनाइ छ । चलचित्रका नायक दिनेश थापासँग चुम्बन गर्दा ओठ नै सुनिएको दावी गर्ने उनी चलचित्रमा आफूले कथा सुहाउँदो भूमिका निर्वाह गरेको समेत बताएकी छिन् । चलचित्रको छायांकनको क्रममा नायकको ओठमा कसले चुम्बन गर्ने भन्ने विषयमा तीन नायिकाको बीचमा ठुलै झगडा भएको थियो ।

प्रतिक्रिया दिनुहोस !