चर्चित पप गायिका लेडी गागा अहिले ग्रह शान्तिमा लागेकी छिन् । यो वर्ष आफ्ना ग्रह खराब रहेको त्यसले नराम्रो घटना हुनसक्ने ज्योतिषीहरुले बताएपछि उनी ग्रहशान्ती गर्ने उपायको खोजीमा अहिले ज्योतिषीकहाँ धाइरहेकी छिन् ।
विभिन्न सांगितिक कार्यक्रमको लागि विश्वका विभिन्न मुलुकमा जानुपर्ने बेलामा ग्रह बिग्एिपछि दुर्घटनाको डरका कारण उनलाई चिन्ता बढेको छ । नौ ग्रह मध्ये गागाका बुध ग्रह अहिले खराब ठाउँमा रहेकाले त्यसले नराम्रो फल दिने भन्दै त्यस्तो दुस्प्रभाव रोक्ने उपायबारे उनले ज्योतिषीहरुसँग छलफल गरिरहेकी छिन् । उनले विभिन्न प्रसिद्ध ज्योतिषीहरुलाई आफ्नो कुण्डली देखाएर ग्रहको खराब प्रभाव कम गर्ने उपायबारे सुझाव मागिरहेकी छिन् । गागाको व्यस्त विदेश भ्रमणको समयमै आउँदो जुलाई १५ देखि अगष्ट ८ सम्म बुध ग्रह नकारात्मक ठाउँमा रहने र त्यसले खराब फल दिने ज्योतिषीहरु बताउँछन् ।