म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीले २४ बर्ष पछि पहिलोपटक विदेश भ्रमण गरेकी छिन् । म्यानमारमा लामो समय नजरबन्दमा बिताएकी सुकीले विश्व आर्थिक फोरमको कार्यक्रममा सहभागि हुन थाइल्याण्डको भ्रमण गरेकी हुन् । यस अघि, सुकीले आफुलार्इ स्वदेश फिर्ता हुन म्यानमारको सैनिक सरकारले अनुमती नदिने भन्दै विदेश भ्रमण गरेकी थिइनन् । म्यानमारमा गत महिना सम्पन्न संसदिय चुनावमा सुकीको दल, नेशनल फ्रन्ट फर डेमोक्रेसीले बुहमत प्राप्त गरेपछि सुकीले विदेश भ्रमण गर्ने बताएकी थिइन् । थाइल्याण्ड भ्रमणको क्रममा उनले म्यनमारका आप्रवासि कामदारहरुसग भेटवार्ता गरेकी छिन् । म्यानमारमा अन्तर्राष्ट्रिय देशहरुले आर्थिक साझेदारी गरिरहेका बेला सुकीको यो भ्रमणले म्यानमारको आर्थिक क्षेत्र सबल हुने देखिन्छ। सुकीले थाइल्यान्डस्थित म्यानमारका शरणार्थीहरुलाई पनि भेट्ने बताइएको छ। थाइल्यान्डमा करिब १ लाख ३० हजार शरणार्थी रहेका छन्। उनीहरु म्यानमारमा रहेको सैनिक शासनको अत्याचारबाट बच्न भन्दै थाइल्यान्डको शरणमा रहेका थिए।