पाकिस्तानमा अमेरिकी सैनिक कारवाहीमा मारिएका अलकायदाका प्रमुख ओसामा विन लादेनका विधवा र छोरा छोरीलाई साउदी अरबमा भव्य स्वागत गरिएको छ ।
उनीहरुमाथि कुनै किसिमको शंका र अफवाह नभएकाले मानवताका आधारमा शरण दिन आफूहरु तयार भएको साउदी अरबका अधिकारीहरुले जनाएका छन् । यसअघि पाकिस्तानले ओसामा बिन लादेनका परिवारलाई साउदी अरब पठाएको थियो । ओसामाका तीन श्रीमतीबाट जन्मिएका ११ बालबालिका छन् ।
ओसामा परिवारलाई इस्लामाबादको एक बंगलाबाट कडा सुरक्षा दिएर विशेष विमानबाट साउदी पु�याइएको थियो । सन् २०११ को मे २ मा उत्तर�पश्चिम पाकिस्तानको एवोटावादमा लादेन मारिएपछि उनका तीन विधवा र वालबालिकालाई पाकिस्तान प्रशासनले नियन्त्रणमा लिएको थियो ।
अवैध रुपमा पाकिस्तानमा बसेको आरोपमा उनीहरुमाथि पाकिस्तानी अदालतले ४५ दिनको कैद सजायँ सुनाउनुका साथै देश निकाला गर्ने फैसला गरेको थियो । कैद भुक्तान गरेपछि उनीहरुलाई साउदी पठाइएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।
लादेनका दुई पत्नी साउदी र एक यमनी नागरिक भएको बताइएको छ । लादेन मारिनु अगाडि १० वर्षसम्म पाकिस्तान मै लुकेर बसेको पत्नीहरुले पाकिस्तानी अधिकारीलाई बताएका थिए ।

प्रतिक्रिया दिनुहोस !