नमोबुद्ध संवाददाता
धुलिखेल—पछिल्ला समय चर्चा कमाउदै गरेका नायक सागर घिसिङ सेलो म्युजिक भिडियो “मायाको रङ्ग”का साथ देखिनुभएको छ ।
“ए विना” तामाङ आधुनिक गीतको म्युजिक भिडियोबाट प्रशंसा पाएर डिजिटल मिडियामा छाएका घिसिङ हालै प्रदर्शनमा आएको “घ्रान” तामाङ चलचित्रबाट सफल नायकको चिनारी बनाउदै हुनुहुन्छ ।
यहि वखत घिसिङ सिन्धुपाल्चोक हेलम्बुकी अनुस्का दोङसँगै भिडियो “मायाको रङ्ग” मार्फत पनि दर्शकमाझ आउनुभएको हो । सहजै क्यामेरा फेस गर्न सिपालु घिसिङ हालसालै रंगकर्मको क्षेत्रमा आगमन भएकी दोङलाई साथमा लिएर सार्वजनिक हुनुभएको हो ।
अन्ततगत्व भिडियोको कथामा नायक घिसिङ र मोडल दोङ एकअर्काबाट टाढिनुपर्ने देखाईएपनि दर्शकले यि दुईको केमेष्ट्री खोजेका छन् । दर्शकलाई यस्तो अनुभति गराउन अजय स्याङतानको कोरियोग्राफीले पनि निकै काम गरेको देखिन्छ ।
प्राविधिक दृष्टिले फरक ढाँचामा बनाएको “मायाको रङ्ग”मा मायाको रङ्ग नउडेसम्मको अवधिमा यि दुईमा छल्किएका केमेष्ट्री दर्शकले रुचाउन थालेको प्रतिक्रिया आईरहेका छन् । यसकारण पनि यो भिडियोले चर्चा पाउने विश्वास गरिन्छ ।
















