काठमाडौं-भदौ १० गते विहान एक्कासि तिब्बत हुदै भोटेकोसीमा आएको बाढीमा ज्यान गुमाएका मानव तथा सम्पूर्ण प्राणीहरूको चित्तको मुक्ति, शान्ति एवं सद्गतिको कामना गर्दै तीन दिने (देछेन शिड्डुप) गरिने भएको छ ।
यस दुःखद् राष्ट्रिय विपत्तिमा पीडित परिवार र प्रभावित समुदायप्रति समवेदना तथा ऐक्यबद्धता जनाउदै यस खालको कार्यक्रम गर्न लागेको आयोजक नेपाल बौद्ध शान्ति समाजका अध्यक्ष एवं लामा गुरु पाल्साङ बज्र तामाङले बताउनुभयो ।

गुम्बा विकास समिति बचाउ नागरिक संघर्ष समितिसँगको सहकार्यमा हुने कार्यक्रमको औचित्य तथा तयारीबारे आईतवार पत्रकार सम्मेलन गरि जानकारी दिईएको हो ।
काठमाडौं, स्वयम्भूस्थित देग्सुम छयोफेलिङ गुम्बामा यहि भदौ १५, १६ र १७ गते प्रमुख गुरु परम पावन टुल्कु रानाग रिन्छेन रिन्पोछे (डोल्पो बुद्ध) बाट हुन लागेको तीन दिने (देछेन शिड्डुप) मा बुद्ध अमितावा पूजा तथा दीप प्रज्वलन कार्यक्रम हुने समाजका अध्यक्ष तामाङले पत्रकार सम्मेलनमा स्पष्ट पार्नुभयो ।
प्रभावितहरुका लागि राहत कार्यक्रमका साथै ४९ औं दिनमा बाढीले बगाएको क्षेत्रमै पुगेर दिवंगत मानव तथा सम्पूर्ण प्राणीहरुको चित्त मुक्ति र शान्तिका लागि नेपाल बौद्ध शान्ति समाज, अन्य संघसंस्थाहरु मिलेर ङोवा तथा घेवा कार्यक्रम समेत गर्ने तयारी भईरहेको समाजका अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
तिब्बत हुँदै रसुवाको भोटेकोसी भित्रिएको विनाशकारी बाढीले रसुवाका साथै नुवाकोट, धादिङ, गोरखा, चितवन सम्मको क्षेत्र नराम्ररी प्रभावित भएको छ । आइतबार सम्ममा बाढीमा परेका ७ सय ५२ बढीको शव भेटिएका छन् भने २ हजार ५०० बढी मानिस अझै बेपत्ता छन् । अहिलेसम्म ८ हजार ७ सय ३० को उद्धार गरिएको राष्ट्रिय विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन प्रधिकरणले जनाएको छ ।
पत्रकार सम्मेलनको झलक

















