बिकेश लामा

काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिका–५ नारायणस्थानस्थित स्वयम्भू बौद्ध स्तूपामा मंगलबार विशेष पूजा तथा मोलम कार्यक्रम सम्पन्न भएको छ।  ल्हाभव दुईछेन पर्व अर्थात् भगवान बुद्धको देवलोकबाट मनुष्यलोकमा अवतरण भएको तिथिको अवसरमा लोकेश्वर त्रियान म्हाणिपा व्यवस्थापन समाजले कार्यक्रम आयोजना गरेको हो।

पाठ पुजामा तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकर, प्रशाकिय प्रमुख याेगेन्द्र गुरूङ ,तेमाल ५का वडा अध्यक्ष हजार सिं तामाङ,याङ्वेल त्रियान म्हाणिपा आमा समुह ,स्वयम्भू बाैद्व नमाेबुद्व म्हाणिपा आमा समुह र स्थानीय भक्तजनहरूको सहभागिता रहेको थियो। सोही अवसरमा समाजसेवी देवबहादुर तामाङ र माईली तामाङले एक वटा बुम्बा संस्थालाई हस्तान्तरण गरेका छन्।

हरेक वर्ष कार्तिक महिनाको शुक्ल पक्ष पञ्चमीदेखि पूर्णिमासम्म स्तूपा र गुम्बाहरूमा पूजा, पाठ र दान गर्ने परम्परा रहँदै आएको छ। बौद्ध धर्मावलम्बीहरू यस तिथिलाई भगवान बुद्धले तेतिसकोटी देवलोकबाट मानव लोकमा अवतरण गरेको पुण्य दिनका रूपमा स्मरण गर्दै पुजापाठ, दान, शील तथा पुण्य सञ्चय गर्ने प्रचलनलाई निरन्तरता दिँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस !