
माओवादी केन्द्रका टुल्कु लामा एमाले प्रवेश,पूर्व जनप्रतिनिधि र जेष्ठ नागरिकलाई सम्मान,न्यानो सिरक वितरण
तेमाल–नेकपा एमाले तेमाल गाउँपालिका वडा नं. १ वडा कमिटिको दोस्रो अधिवेशन शनिबार आधाबाट(डहुन्हान)मा उल्लासपूर्ण रुपमा सम्पन्न भएको छ । एमाले नेता, कार्यकर्ता एवं संयौ जनसमुदायको सहभागितामा भव्य रुपमा वडा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनबाट अध्यक्षमा शंखलाल तामाङ चयन हुनुभएको छ । अध्यक्षमा शंखलालका साथै अन्य पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत हुनुभएको हो ।
अधिवेशनले उपाध्यक्षमा धन बहादुर थापामगर, सचिवमा राम प्रसाद पाण्डे, उपसचिवमा शिव वाग्ले र सरस्वती भण्डारीलाई निर्वाचित गरेको छ ।
सदस्यहरुमा इन्द्रमान लामा तामाङ, टुल्कु लामा, डिल्ली श्रेष्ठ, अमृत श्रेष्ठ, हरी बहादुर रानामगर, चन्चला थपलिया, नवराज बडाल, सुरज भण्डारी, साइला तामाङ, धनध्वज तामाङ, रुबिका श्रेष्ठ, दिल बं. श्रेष्ठ, मन कुमारी दर्र्जी लगायत चयन हुनुभएको छ ।
वडा अधिवेशन समारोहका प्रमुख अतिथि नेकपा एमाले बागमती प्रदेश कमिटि सचिवालय सदस्य इन्द्र तामाङले एमाले जनतालाई दुःख पर्दाको सारथी रहेको धारणा राख्नुभयो । आपत् विपत्को बेला सदैव आफू तथा नेकपा एमाले जनताको सेवामा रहेको उहाँको भनाई छ । उहाँले स्थानीय क्षेत्रमा भएको सम्पूर्ण विकास निर्माणको काम एमालेले गरेको बताउनुभयो ।
गत असोजको बाढी पहिरोले अवरुद्ध बाटो खुलाउन आफू र इन्द्र अधिकारी नेतृत्वको वडा सरकार अहोरात्र लाग्दा तेमाल गाउँपालिकाबाट सहयोग नपाएको दाबी गर्दै उहाँले जनतामाझ भ्रम नछर्न पालिका सरकारका नेतृत्वको ध्यानाकर्षण गराउनुभायो ।
बाटो खुलाउन डोजरसम्म नपठाएको पालिका सरकारले आज बजेट दिदा पनि वडाले काम नगरेको भन्दै भ्रम फैलाउन खोजेको एमाले नेता तामाङको भनाई छ । २०७९ को स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेद्वार रहेका तामाङले आफ्नो हार एमालेको हार, एमालेको हार जनताको हार भए जस्तै आज त्यो खालको परिणाम देखिएको बताउँदै तेमालको विकासका लागि एमालेले जित्नै पर्ने जिकिर गर्नुभयो । २०४९ देखि वडा(तत्कालिन सस्र्युंखर्क गाविस)मा जिताएझैं तेमाल गाउँपालिकाको नेतृत्वमा पनि एमाले पुगेको दिन तेमालको विकासले छलाङ मार्ने उहाँको दाबी छ ।
कार्यक्रमका विशेष अतिथि बागमती प्रदेश सभा सदस्य(सांसद) एवं नकपा एमाले बागमती प्रदेश कमिटि सदस्य ज्ञान बहादुर तामाङले आफू जनता र पार्टीको कारिन्दा भएर लागि परेको बताउनुभयो । यो पटक काभ्रेबाट बागमती प्रदेशमा पुगेका एक मात्र सांसद रहेका तामाङले पार्टी कमिटिमार्फत प्राथमिकताको क्रम अनुसार योजना लिएर आउन अनुरोध गर्नुभयो ।
उहाँले विशेष रुपमा प्रदेश सरकारबाट तेमालका वडा नं. १ र ४ मा विकास बजेट पार्ने काम गर्दै आएको बताउनुभयो । काठमाडौंमा बसेपनि आफू जन्मेको ठाउँ तेमाल र यहाँका जनताका लागि जनप्रतिनिधिको पदमा हुदा पनि नहुदा पनि सेवामा हाजिर हुने उहाँको प्रतिवद्धता छ ।
नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य जेनिश लामाले २०५१ देखि एमालेले अगाडि सारेको ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने नीति कार्यक्रम आज झन सान्दर्भिक हुदै गएको बताउनुभयो । त्यस अनुसार यसको मर्म र आवश्यतालाई बुझ्ने अनि कार्यन्वयनको अगुवाई एमालेले गर्दा मात्र मुलुकले समृद्धि पाउने उहाँको ठोक्कुवा छ ।
नेता लामाले आफ्नो गाउँठाउँको विकास निर्माण एवं समृद्धिका लागि एमालेको नीति र नेतृत्व बलियो रुपमा स्थापित गराउन सबै एमालेमा गोलबद्ध हुन जरुरी रहेको स्पष्ट पार्नुभयो ।
कुनै फरक पार्टीले झुटो आश्वासन छरेर एमालेको आधार इलाकाको रुपमा स्थापित तेमाल १ मा खेल्ने प्रयास गरेको भन्दै त्यस खालको भ्रममा नपर्न लामाले सबैमा अनुरोध समेत गर्नुभयो । जनताको सुखःदुखमा साथमै रहेका कारणले २०४९ साल यता ३५ वर्ष एमालेले निरन्तर जित्दै आएको उल्लेख गर्दै गाँपालिका कमिटिका निवर्तमान इञ्चार्ज समेत रहेका नेता लामाले अझै ३५ वर्ष एमालेको संगठनमाथि खेल्ने सपना नदेख्न अन्य पार्टीहरुलाई चुनौती दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य इन्द्रमान तामाङ, जिल्ला कमिटि सदस्य सुरेश दोङ, निवर्तमान जिल्ला कमिटि सदस्य घनश्याम लामा, नेकपा एमाले तेमाल गाउँपालिका कार्यवहाक अध्यक्ष सिंह बहादुर तामाङ लगायतले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उद्घाटन सत्रमा नेकपा एमाले तेमाल गाउँपालिका कमिटि उपसचिव सुरेन्द्र तामाङ, अखिल नेपाल किसान महासंघ बागमती प्रदेश कमिटि सदस्य एवं तेमाल गाउँपालिका कमिटि सचिवालय सदस्य सम्तेन लामा,तेमाल गाउँपालिका १ नं. वडा कमिटि इन्चार्ज मान बहादुर श्रेष्ठ,पूर्व वडा अध्यक्षहरु कृष्णमान तामाङ, धन बहादुर श्रेष्ठ, गाउाँपालिका कमिटि सदस्यहरु कालिप्रसाद पाण्डे, हर्क लामा, साइला तामाङ, बुद्धिजीविहरु रामप्रसाद पाण्डे,विष्णुहरी बडाल, विष्णुप्रसाद बडाल, राम बहादुर तामाङ, प्रविण अधिकारी, स्थानीय युवा नेताहरु युवा संग्राम लामा, दिपक बडाल, भोजविकास लामा, सूर्य तामाङ लगायतका एमाले नेता, कार्यकर्ताहरुका साथै स्थानीय समुदायको उल्लासपूर्ण उपस्थिति रहेको थियो ।
वडा अधिवेशनकै दिन लामो समय जनमोर्चा हुदै माओवादी केन्द्रमा शसक्त रुपमा क्रियाशिल रहदै आएका स्थानीय लामागाउँका बुद्धिजीवि नेता टुल्कु लामा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँलाई एमाले नेता इन्द्र तामाङ, ज्ञान बहादुर तामाङ र जेनिश लामाले खादा लगाएर स्वागत तथा सम्मान गर्नुभयो । माओवादीले ठूला कुरा गर्ने तर काम नगर्ने, अब विकासको नेतृत्व माओवादीले गर्नेमा विश्वास गर्ने कुनै ठाउँ नरहेको भन्दै विनास्वार्थ एमालेलाई साथ दिन आएको टुल्कु लामाको भनाई छ ।
अधिवेशनको अवसरमा पूर्व जनप्रतिनिधि तथा ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिनुका साथै न्यानो सिरक समेत वितरण गरिएको छ । इन्द्र अधिकारीको अध्यक्षतामा आयोजित अधिवेशनमा ५१ जना ज्येष्ठ नागरिक र पूर्व जनप्रतिनिधिलाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरिएको हो भने ८० थान फाइबर सिरक समेत वितरण गरिएको एमालेबाट जननिर्वाचित वडा अध्यक्ष समेत रहेका अधिकारीले जानकारी दिनुभयो ।
अधिवेशन उद्घाटन समारोहका अन्य दृश्यहरु :