
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अन्तर्राष्ट्रिय पर्यटकको लागि नेपाल उत्कृष्ट गन्तव्यस्थल भएको बताएक छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को आज शुभारम्भमा मन्त्री खड्काले उक्त कुरा बताएका हुन् । उनले अन्तर्राष्ट्रिय पर्यटकहरुको लागि नेपाल उत्कृष्ट गन्तव्यस्थलको रुपमा रहेको बताए।
उर्जामन्त्री खड्काले दुई देशबीच आर्थिक, सामाजिक र राजनीति सम्बन्ध विस्तार गर्न नेपाल सरकारको तर्फबाट सक्दो पहल गरिने बताउदै कोभिड महामारीपश्चात नेपालको पर्यटन उल्लेख्य रुपमा अगाडि बढिरहेको समयमा नेपाल चीनबीच पर्यटन, ऊर्जा र कृषि क्षेत्रमा आवश्यक सहकार्य गर्न सकिने विश्वास व्यक्त गरे ।
नेपालको सामाजिक आर्थिक विकासमा पर्यटनको अपार महत्वलाई ध्यानमा राख्दै नेपाल सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताए। प्रदेश र स्थानीय तहहरुले पनि पर्यटन क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको साझा माध्यमको रुपमा प्राथमिकतामा राख्दै आएको उनले बताए।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सङले चिनियाँ नयाँ वर्ष २०२५ ले दुईदेशबीचको सम्बन्धलाई अझै मजबुद बनाउने बताए।0i9