काभ्रेपलाञ्चोक—कठ्यांग्रिदो जाडो याममा धुलिखेल १२ शंखुपाटीचौर स्थित शंखेश्वर माविमा अध्ययनरत २ सय विद्यार्थीले मंगलबार न्यानो कपडा पाएका छन् ।

विद्यालयको ६४ औं वार्षिकोत्सव समारोह तथा अभिभावक भेलाको अवसरमा मंगलबार कान्छि माया तामाङ (केएमटि) फाउण्डेशन धुलिखेलले राहत स्वरुप सुइटर वितरण गरेको हो ।

फ्रेन्च नागरिक डिडियरको आर्थिक सहयोगमा फाउण्डेशनले यस खालको सहयोग गरेको फाउण्डेशनका प्रतिनिधि अर्मिशा तामाङले बताउनुभयो ।

फाउण्डेशनका प्रतिनिधि अर्मिशा तामाङले विद्यार्थी बालबालिकाहरुमाझ यस खालको सहयोग कार्यक्रममार्फत जोडिन पाएकोमा खुसी व्यक्त गर्नुभयो । तामाङले आफूले सुइटर वितरण गरेर न्यानो बाँड्न पाएकोमा विद्यार्थीहरुमा देखिएको उत्साह देख्दा फाउण्डेशनको अभियानले सार्थकता पाएको अनुभुति गरेको बताउनुभयो ।

यस खालको अभियानमा साथ दिने विदेशी प्रेन्च नागरिक डिडियरलाई सम्झिदै उहाँले कान्छिमाया फाउण्डेशनले विभिन्न सहयोगी व्यक्ति, संघसंस्थासँगको सहकार्यमा विधार्थीहरूका साथै दिनदुखी, असहायका अनि सर्वसाधारण नागरिकको हितमा स्वास्थ्य,शिक्षा,खानेपानी लगायतका क्षेत्रमा कार्यक्रमहरु गर्दै आएको जानकारी दिनुभयो ।

सबै विद्यार्थीलाई पुग्ने गरी सुइटरको व्यवस्थासहति पुगेको फाउण्डेशनको टोलीले उक्त कार्यक्रममा प्रतिनिधिगत रुपमा केहि विद्यार्थीलाई वितरण गरिएको र अन्य सबै विद्यार्थीलाई पुग्ने गरी एक मुष्टमा प्रधानाध्यापक र विद्यालयका अध्यक्षमार्फत प्रदान गरिएको थियो ।

न्यानो कपडा वितरण प्रधानाध्यापक तेज तामाङका साथै स्थानीय वडाका जनप्रतिनिधि,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,शिक्षक अबिभवक सघंका प्रतिनिधि,विद्यार्थी, अभिभावकहरुको उल्लेख्य उपस्थितिका बीच सम्पन्न गरिएको थियो ।

कार्यक्रममा फाउण्डेशनका तर्फबाट तामाङका साथै अन्य प्रतिनिधिमा लोक बहादुर लामा र सविन थोकर पनि सहभागि हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !