काभ्रे । नेपाल कम्युनिस्ट पार्टी(एमाले) का पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले आफ्नो पार्टी नेतृत्वले मात्रै विकास निर्माणको अगुवाई गर्न सक्ने बताउनुभएको छ ।

गृह नगर एमाले मण्डनदेउपुर नगर कमिटीको दोश्रो अधिवेशन उद्घाटन गर्नुहुँदै उहाँले एमाले आफू बलियो बनेपछि मात्रै लक्ष्य प्राप्तीमा पुग्न सक्ने बताउनुभएको हो । काभ्रेमा भएको विकासको नेतृत्व एमालेले गरेको स्मरण गराउँदै बाँस्कोटाले आगामी दिनमा पनि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले निर्वाचनमा कुन तहको उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय समेत पार्टीले गर्ने बताउनुभयो। उहाँले कुनै व्यक्तीलाई नभएर संगठनले संगठनलाई टिकट दिने बताउनुभएको छ । त्यसका लागि संगठनमा लागेका मान्छेहरुबीच एकता आवश्यक रहेको बताउनुभएको छ । संगठनका नेता कार्यकर्ता अरु सामाजिक रुपमा पनि ईमानदार बन्न अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !